Sunday , May 22 2022
Breaking News
Home / समाचार / यात्रा गर्दै हुनुहुन्छ ? सावधानी अपनाउनु भन्दै आयो यस्तो सूचना

यात्रा गर्दै हुनुहुन्छ ? सावधानी अपनाउनु भन्दै आयो यस्तो सूचना

काठमाडौ । यदि कतै यात्रा गर्दै हुनुहुन्छ भने जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनवारे जानकारी लिन आग्रह गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा अहिले बिहानैदेखिको मौसममा सामान्यदेखि पूर्णतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

आज राति यी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । राति पनि पहाडी भू–भागमा हल्का वर्षाका साथै उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।

वर्षासँगै हिमपात पनि भएर देशभर चिसो बढ्ने क्रममा रहेकोले पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमासमेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

About admin

Check Also

बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन …

Leave a Reply

Your email address will not be published.