काठमाडौ । नेपालको मौसममा अहिले दुई प्रणालीको असर देखिएको भन्दै लामो दु’रीको यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प’श्चिमी वायुसँगै आएको प’श्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र असर परेको हो । जसका कारण केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ ।
यी दुई प्रणालीका कारण आज साँझबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्र’ममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदे’शमा आंशिकदेखि सामान्य बदली रहने छ।
यी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग’मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ। काठमाडौं उप’त्यकामा यो प्रणालीको असर बिहीबारबाट देखिने छ।
‘बिहीबार रातिदेखि काठमाडौंको मौसम बदली हुने देखिएको भने पहाडी क्षेत्र’का केही स्थानमा हल्का वर्षा हुने पुर्वानुमान गरिएको । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो बढ्ने महाशाखाले जनाएको छ।
आगामी २४ घन्टामा सुदूरपश्चिम, कर्णाली र ग’ण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्था’नहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात सम्भा’वना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाईर’यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशा’खाले अनु’रोध गरेको छ।
आउँदो शुक्रबारबाट क्र’मशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौ’सममा बिस्तारै कमजोर हुँदै जानेछ। महाशाखाका अनुसार आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने पनि सम्भावना देखिएको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
दिउँसो: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदे’शमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमालीभू(भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राति: सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सा’मान्य देखि पूर्णतया बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू(भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातसम्भावना रहेको छ।
२०७८ मंसिर १६ गते (बि’हीबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्णत’या बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू(भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।
राति: देशभर सामान्य देखि पू’र्णतया बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, ग’ण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू(भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।
२०७८ मंसिर १५ गते (शुक्र’बार)
दिउँसो: देशभर सा’मान्य देखि पूर्णतया बदली रहनेछ। पहा’डी भू-भागको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।
राति: देशभर सामान्य देखि पूर्णत’या बदली रहनेछ।कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र प्रदेश १ को पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू(भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।