काठमाडौं । मंसिर १७ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । उक्त दिन अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बिदा दिएको हो ।
यद्यपि, उक्त दिन नेपालभित्रकाका सबै अपाङ्गता भएका कर्मचारीहरुलाई मात्र बिदा हुनेछ । नेपाल सरकारले यसअघि नै राजपत्रमा नै उल्लेख गरि उक्त दिन बिदा हुने जनाएको छ ।
यस्तै, त्यस दिन अर्थात पर्सी मंसिर १७ गते मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी परेको छ ।
नायक निखिल उप्रेतीले गरे कोपिलासंगको डिभोर्स के दिए डिभोर्स पछीको सम्पत्ति ?
अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद गरेका छन् ।
निखिलले कोपिलालाई छाडेको लगभग १३ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । उनको र कोपिलाको भक्तपुर जिल्ला अदालतमा भदौ १ गते सम्बन्ध विच्छेद भएको हो ।
सम्बन्ध विच्छेदका लागि निवेदन दिएको भोलिपल्ट नै अदालतले दुवैको मञ्जुरीमा सम्बन्ध विच्छेद गराइदिएको हो । जिल्ला न्यायाधीश उमेश कोइरालाले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ, ‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलब सम्बन्ध विच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सही क्षापसमेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यसंहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र प्रमाणित गरिएको छ ।’
निखिलले अभिनेत्री सञ्र्चिता लुइँटेलसँग सन् २००८ मा दोस्रो विवाह गरेका थिए । उनीहरुको भ्यालेन्टाइन डे अर्थात् फ्रेब्रुअरी १४ मा निखिलको घर सर्लाहीबाट नै विवाह भएको थियो ।
सञ्चिताको पनि माइती घर सर्लाही नै हो । कोपिलासँग भने निखिलले संघर्षका दिनमा नै विवाह गरेका थिए । भक्तपुर जिल्लामा मेलमिलापमा सकिएको मुद्दामा लेनदेनको विषय भने उल्लेख भएको छैन ।
स्रोतका अनुसार निखिलले कोपिलालाई भक्तपुरको घर छाडिदिएका छन् । यो बाहेक निखिलले ५० लाख नगद र महिनाको ५० हजार दिनुपर्ने सर्तमा सहमति भएको स्रोतले बतायो ।
निखिलको कोपिलातर्फबाट एक छोरा छन् भने सञ्चितातर्फ एक छोरा र छोरी छन् ।