Tuesday , January 18 2022
Breaking News
Home / समाचार / एकै विद्यालयका २८ शिक्षक र विद्यार्थीमा भाइरसकाे संक्रमण देखिएपछी विद्यालय बन्द

एकै विद्यालयका २८ शिक्षक र विद्यार्थीमा भाइरसकाे संक्रमण देखिएपछी विद्यालय बन्द

बागलुङ । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा भाइरस पुष्टि भएकाे नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

दुई शिक्षक र एक विद्यार्थीमा भाइरस पुष्टि भएपछि थप विद्यार्थीकाे पिसिआर परीक्षण गरिएकाे थियाे । विद्यार्थी र शिक्षकमा काेराेना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएकाे स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुराेध गरिएकाे खनालले बताए ।

बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् । बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । काेराेना संक्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज जान लागेकाे स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धाैलागिरि अस्पतालकाे आइसोलेशनमा छन् । सांकेतिक फोटो

About admin

Check Also

ललितपुरमा आज राति १२ बजेबाट लागु हुने गरी निषेध आदेश जारी

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *