काठमाडौं – सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अपाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
आगामी आम निर्वाचनबारे रणनीति बनाउन अध्यक्ष ओलीको निर्देशननेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनबारे रणनीति बनाउन निर्देशन दिएका छन् । मंगलबार चितवनको सौराहामा बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले धन्यावाद ज्ञापनलगायतका एजेन्डाहरुमाथि निर्णय गरेको छ । मंगलबार (आज) सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा केपी ओलीसहित ३०१ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको थियो ।
बन्दसत्रबाट पारित प्रस्तावमा सबै पार्टी कमिटीलाई आगामी चुनावमा आ–आफ्नो क्षेत्रमा विजय सुनिश्चित गर्न आह्वान गरिएको छ । सम्बोधनका क्रममा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने जानकारी दिए