भारतको मौसम विभागले त्यहाँ ‘जवाद’ नामको चक्रवातबारे चेतावनी जारी गरेको छ। त्यसका कारण आन्ध्र प्रदेश, ओडिसा, पश्चिम बंगाल, असम र मेघालयमा डिसेम्बर ३ देखि ६ सम्म भारी वर्षा हुने सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ।
भारतीय मौसम विज्ञान विभागका महानिर्देशक एम. महापात्राले शुक्रबार पत्रकार सम्मेलन गरी बंगालको खाडीबाट आएको आँधीले चक्रवातकाे रुप लिइसकेकाे जानकारी दिएका हुन्। यो चक्रवाती आँधीलाई ‘जवाद’ नाम दिइएकाे छ।
मोहपात्राले भने, ‘दक्षिण–पूर्वी विशाखापटनमबाट ४२० किलोमिटर र ओडिशामा दक्षिणी–पूर्वी पारादीपबाट ६५० किलोमिटरको दूरीमा ६० देखि ७० किलोमिटरसम्म प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ।’
यस चक्रवाती आँधीको अधिकतम प्रभाव उत्तर आन्ध्र प्रदेश र ओडिसामा पर्न सक्छ। मंसिर ४ गते साँझसम्म हावाको गति बढेर ९० किलोमिटर प्रतिघण्टा पुग्ने सम्भावना छ।
५ डिसेम्बर दिउँसो जावाद आँधी ओडिसाको पुरी पुगेर पश्चिम बंगालतर्फ लाग्नेछ। डिसेम्बर ३ मा हावाको गति प्रतिघण्टा ४० देखि ५० किलोमिटर हुने सम्भावना छ। अहिलेको लागि, यो आँधीलाई अस्थायी रूपमा खतरनाक भनिएको छ।
डिसेम्बर ५ सम्म ओडिसाका केही जिल्लामा हावाको अधिकतम गति ९० कििम प्रतिघण्टा पुग्न सक्छ। माछा मार्नेहरूलाई समुद्रमा नजान आग्रह गरिएको छ। चक्रवातले पुर्याउन सक्ने क्षति विचार गरर सम्बन्धित क्षेत्रमा उच्च सतर्कता अपनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।