काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्ष कमल थापालााई हराउँदै लिङ्देन विजयी भएका हुन् ।उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् ।
यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।महामन्त्री पद लडिरहेकी अभिनेत्री रेखा थापा र कुन्ती शाहीबीच आरोप प्रत्यारोप चलेको थियो । कुन्ती शाहीले फिल्म खेलेजस्तो राजनीति सजिलो नभएको बताएकी थिइन् ।
शाहीले फिल्म खेलेजस्तो सजिलो छैन भनेपछि थापाले काउन्टर जवाफ दिदै फिल्म खेल्ने अफर गरेकी थिइन् । छन्। शाही राप्रपा अध्यक्ष कमल थापा र रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट चुनाव लडेका थिए ।
शुक्रबार उम्मेदवारी दर्ता गर्दै शाहीले रेखालाई लक्षित गर्दै ‘राजनीतिक गर्न फिल्न खेल्नजस्तो सजिलो नभएको’ अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्ति मिडियामार्फत् बाहिर आएपछि रेखा समर्थितहरूले आलोचना गरिरहेका छन्। रेखा आफैंले सो अभिव्यक्तिबारे शाहीलाई ‘काउन्टर’ दिँदै फिल्म खेल्ने ‘अफर’ गरेकी हुन्।
‘म वैशाखमा फिल्म बनाउँदैछु, आउनुस् फिल्म खेल्न, तपाईं हिरोइनमा त फिट हुनुहुन्न, आमाको रोल दिऊँला,’ शनिबार मतदानस्थलनजिक चुनाव प्रचारकै क्रममा भेटिएकी रेखाले भनिन्, ‘फिल्म खेल्न कति सजिलो हुन्छ, हुँदैन तपाईंलाई थाहा हुन्छ।’
हिरोइनका लागि ‘फिगर’ चाहिने भएकाले कुन्ती ‘आमा’को रोलमा फिट हुने रेखाको काउन्टर छ। थापाले कुन्तीलाई नेता ‘रिझाएर’ पदमा पुग्न निकै सजिलो हुने बताइन्।
यस्तै अधक्ष्यमा पराजित भएपछि कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।
उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् ।
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।,’ उनको भनाइ छ ।
उनले लेखेका छन् - प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।
थापाले हार स्वीकारे
अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु ।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’ खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।