भारतमा पहिलो पटक कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई केस फेला परेका छन्।भारत सरकारका अनुसार दुवै घटना कर्नाटकका हुन्। यी दुई संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण भइरहेको छ ।
सरकारले ओमिक्रोनबारे चिन्ता लिनुपर्ने अवस्था नरहेको तर सचेतना अत्यन्त जरुरी रहेको बताएको छ ।बिहीबार, स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले भारतमा ओमिक्रोन संक्रमणको दुई घटनाको पुष्टि गरे।
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा लभ अग्रवालले हिजो राति इन्साकोगले कर्नाटकमा ओमिक्रोन भेरियन्टका दुई जनामा संक्रमण पुष्टि भएको बताए ।६६ वर्षीय पुरुष र ४६ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण देखिएको उनले बताए ।
लभ अग्रवालले भने कि संक्रमितको सम्पर्कमा अझै कति जना आएका छन् भन्ने यकिन भइरहेको छ ।
– विविसीबाट