क्षिण अफ्रिकामा को`रोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि कर्नाटकमा पनि बिहिबार यसका दुईजना संक्र`मित भेटिएका छन् । हालसम्म नेपालमा भने यसबारे केही जानकारी छैन ।
२४ नोभेम्बरमा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित पुष्टि भएपछि ३ डिसेम्बरसम्म अर्थात् १० दिनभित्रै यो नयाँ स्ट्रेन ३५ वटा देशसम्म फैलिसकेको छ । संसारभरी यसका करिब चारसय संक्र`मित भेटिएका छन् ।भारत र नेपालमा दोस्रो लहरका लागि डेल्टा भेरियन्ट जिम्मेवार ठानिएको थियो ।
नयाँ भेरियन्टको संक्रा`मकताको विषयतमा विज्ञले चेता`वनी पनि जारी गरिसकेका छन् । कतिले ओमिक्रोन डेल्टाभन्दा १० गुणा बढी गतीमा फैलन सक्ने बताएको छ । नयाँ भेरियन्टको विषयमा संसारभरी डरको स्थिति छ र एकपटक पुनः प्रतिब`न्धको स्थिति निम्तिएको छ ।
Read more
मलेसिया नेपाली सुरक्षा गार्डप्रति असन्तुष्ट देखिएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले सुरक्षा गार्डको रुपमा मलेसिया आइपुग्ने मध्ये कतिपय नेपाली तालिम प्राप्त समेत नहुने गरेको बताएका छन् ।
“उनीहरु गोर्खा होइनन् र सुरक्षा गार्डको काममा आउने मध्ये कतिपय उपयुक्त समेत हुँदैनन्” मन्त्री शरभनानले भने “उनीहरु सामान्य नेपाली श्रमिक हुन् जसले सुरक्षा गार्डको रुपमा गर्नुपर्ने काम गर्न सक्दैनन् ।”
मलेसियाको अनलाइन द स्टारका अनुसार मानव संशाधन मन्त्रीले मलेसियालाई व्यवसायीक सुरक्षा गार्डको आवश्यकता रहेको भन्दै नेपालबाट त्यो अपेक्षा अनुसारका सुरक्षा गार्डहरु प्राप्त नभएको बताएका छन् ।
मन्त्री शरभनानले बैंक तथा गहना पसलहरुले गार्डको काममा लिने गरेका स्थानीय व्यक्तिहरु अझ अनुपयुक्त हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले मलेसियाको सुरक्षा क्षेत्रमा सुधार चाहेको भन्दै सोही अनुरुपका श्रमिक हुन आवश्यक रहेको बताएका छन् ।