काठमाडौं। जंगलमा बम ह्याण्ड ग्रेनेड देखिएपछि त्यहाँ भएका मानिसहरु त्रसित बने । बम योस्पोज गर्नको लागि डिस्पोजल टोली बोलाइयो। सुरक्षाकर्मी आवश्यक सबै उपकरण र तयारीसहित घटनास्थलमा आए । तर, जब सुरक्षाकर्मीले त्यो वस्तुको जाँच गरे त्यसपछि उनीहरु लाजले भुतुक्कै भए । त्यो वस्तु कुनै बम थिएन बरु बमको आकारप्रकारसँग दुरुस्तै देखिने गरी बनाइएको सेक्स टोय (यौन खेलौना) थियो।
मेट्रोको रिपोर्टअनुसार घटना जर्मनीको एक जंगलको हो । जंगलमा हाते ग्रेनेड फेला परेको भन्दै बम डिस्पोजल टोली बोलाइएको थियो । तर, यो सम्भाव्य विस्फोटक पदार्थ भनिएको वस्तु रबरको सेक्स खेलौना भएको पाइयो जुन जंगलमा फ्याँकिएको थियो। सोमबार जर्मनीको अस्ट्रिया र चेक गणतन्त्रसँग जोडिएको सीमानजिकैको सहर पासाउबाहिर एक जना मर्निङ वाक गर्ने व्यक्तिले जंगलमा एक उपकरणसहितको झेला भेटिएको रिपोर्ट गरेका थिए।
सूचनापछि पुलिसको बम स्क्वाड आएर त्यो वस्तुको निरीक्षण गरे त्यसपछि उनीहरुले यो रबरको ग्रेनेडको प्रतिरुप भएको बताए । झोलामा भेटिएका कण्डम र लुब्रिकेटिङ क्रिमले त्यो वस्तुको सम्भाव्य प्रयोगबारे अनुमान गर्न केही सहयोग गरे । पुलिसले जर्मन समाचार एजेन्सी डिपीएसँग भन्यो ‘इन्टरनेटमा सर्च गरेपछि शंकाको पुष्टि भयो । खासमा हाते ग्रेनेडको स्वरुपमा यौन खेलौनाहरु बजारमा उपलब्ध छन्।’
पुलिसका अनुसार यी वस्तुका मालिकले ती वस्तुहरु कुनै डस्टबिनमा नराखी फ्याँक्न चाहन्थे । तर, जर्मनीमा दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्षपछि पनि त्यतिबेलाका विष्फोटकहरु अहिलेसम्म भेटिने क्रम जारी रहेकोले स्थानीय त्रसित बनेका थिए । गत हप्ता मात्र जर्मनीको दक्षिणमा रहेको मानहेइन सहरमा घर बनाउने क्रममा ११ सय पाउण्डको दोस्रो विश्वयु’द्धको समयमो एरियल बम भेटिएको थियो । त्यहाँ पहिले अमेरिकी सैन्य बेस थियो । त्यो बम डिफ्युज गर्ने क्रममा ३ हजार मानिसलाई त्यहाँबाट हटाइएको थियो।