Wednesday , June 29 2022
Breaking News
Home / समाचार / अत्यन्तै डर लाग्दो खबर, मन्त्रालयले जारी गर्यो भर्खरै यस्तो सूचना

अत्यन्तै डर लाग्दो खबर, मन्त्रालयले जारी गर्यो भर्खरै यस्तो सूचना

काठमाडौँ । नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव देखा परेको छ । अरब सागरको प्रभावका कारण देशका अधिकांश भू भागमा बदली भई उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले अरब सागरको प्रभावले देशका अधिकांश भू भागमा चिसो बढ्ने क्रम रहेको जनाएको छ । यस्तै, तुँवालोका कारण पारदर्शितमा कमी आउन सक्ने भन्दै सडक तथा हवाई यातायत क्षेत्रमा सामान्य प्रभाव पर्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले शनिबार दिउँसो देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.