Sunday , May 22 2022
Breaking News
Home / समाचार / भारतीय सेना प्रमुख विपिन रावत परिवार सहित चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना, २ शव फेला ४ जनाको उद्दार

भारतीय सेना प्रमुख विपिन रावत परिवार सहित चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना, २ शव फेला ४ जनाको उद्दार

काठमाडौ । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।

जहाजमा सीडीएस विपिन रावत, उनकी श्रीमती सहित १४ जना सवार रहेको बताइएको छ । अहिलेसम्म तीन जनाको उद्धार गरिएको छ । त्यहाँ दुई जनाको शव भेटिएको छ । वायुसेनाले दुर्घटनाको छानबिन गर्न आदेश दिएको छ ।

खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । उक्त हेलिकप्टरमा सेना प्रमुख विपिन रावत र उनकी श्रीमती सवार थिए । उद्धार गरिएका मानिसहरूलाई उपचारका लागि वेलिंग्टन बेसमा लगिएको छ। चौथो व्यक्तिको खोजी भइरहेको छ ।

प्रारम्भिक जानकारी अनुसार सीडीएस विपिन रावत आफ्नी श्रीमतीसँग वेलिंग्टनमा एक कार्यक्रममा सहभागी हुन गएका थिए। वेलिंगटनमा स श स्त्र बलको कलेज छ। सीडीएस रावतको यहाँ व्याख्यान थियो। उनीहरु यहाँबाट कुन्नूर फर्कदै थिए । यहाँबाट उनी दिल्ली जानुपरेको थियो । तर यो दुर्घटना घना जंगलमा भएको हो । तर, सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

उक्त क्षेत्र निकै घना रहेको बताइएको छ । यहाँ चारैतिर रूखहरू छन्। दुर्घटना यति द र्द नाक थियो कि चारैतिर आ गो को ज्वाला देखिन थालेको छ । उद्धारका लागि प्रहरीसँगै सेना र वायुसेना पुगेका छन् । वरपरका क्षेत्रमा पनि खोजी भइरहेको छ ।

यो हेलिकप्टर एमआई सिरिजको थियो । सीडीएस विपिन रावत, उनका कर्मचारी र परिवारका केही सदस्य जहाजमा थिए। स्थानीय बासिन्दाले पनि उद्धारमा सहयोग गरिरहेका छन् ।

ज ले को शव फेला
८० प्रतिशतसम्म ज ले का शव फेला परेको बताइएको छ । जसका कारण उनको पहिचान हुन सकेको छैन ।

About admin

Check Also

भरतपुर महानगरमा ८३ हजार मत गनिसकियो, कसको कति ?

भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८३ हजार १११ …

Leave a Reply

Your email address will not be published.