Wednesday , June 29 2022
Breaking News
Home / रोचक / सोनिकाले सबैथोक दिँदा पनि विहे गर्न न’मान्ने को हुन् ? (भिडियोसहित)

सोनिकाले सबैथोक दिँदा पनि विहे गर्न न’मान्ने को हुन् ? (भिडियोसहित)

चर्चित गायक राज सिग्देल र प्रीति आलेको समधुर आवाज रहेको गीत ‘बजारमा आएको छ । बैदेशिक रोजगारीमा गएका श्रीमान र घरमा एक्लै भएकी श्रीमतीको कथा देखाउन खोजिएको ‘फुलको थुङ्गाले, सक्छौ भने मुर्सादेउ फुलको थुङ्गाले, काटिदेउ निरमाया घोच्यो मलाई तिम्रो जुङ्गाले’ बोलको गीतमा शब्द÷संगीत डीआर सुजनको रहेको छ ।

सो गीतमा कलाकारहरू डीआर सुजन, सोनिका रोकाया, नविना सिलवाल, सुरवीर प’ण्डित, अन्जु कार्की र अर्जुन कार्कीको मिठो अभिनय पनि रहेको छ । भिडियोमा सोनिकालाई श्रीमान विदेश गएकी महिलाका रूपमा देखाइएको छ । श्रीमान विदेशमा रहँदा गाउँका अरू नै केटासँग उनको प्रेम सम्बन्ध रहेको देखा’उन खोजिएको छ ।

‘आउँछौ दिनकैं गर्दैनौं विहे नि, खुःशी हुन्नौं सबैथोक दिए नि’ बाट सुरु भएको गीतको अन्त्य ‘बैंस जोवन अर्कैसँग साटियो, तिम्लाई कुर्दा ४० अ‍ैं काटियो’ मा हुन्छ । भिडियोमा सोनिकाको श्रीमानको भुमिका’मा सुरवीर पण्डित रहेका छन् । सम्पादन विकास ज्ञवालीको रहँदा सिनेम्या’टोग्राफर रेशम दर्लामी रहेका छन् ।

फुलको थुङ्गाको निर्माता सुजन शर्मा रेग्मी रहेका छन् भने निर्देशन डीआर सुजनको रहेको छ । डीआर सुजनको आफ्नै युट्यब च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शकहरूले राम्रै माया दिइरहेका छन् ।

About admin

Check Also

नायिका काजलले प्लास्टिक स र्जरी गरेर स्त’ नको आकार बढाएपछि खिचाएका तस्विर भाइरल

एजेन्सी । साउथ नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक …

Leave a Reply

Your email address will not be published.