Wednesday , June 29 2022
Breaking News
Home / समाचार / खोप लगाएका मान्छेलाई ओ’मिक्रोन भेरियन्ट लाग्छ कि लाग्दैन ? डब्लूएचओ दियो यस्तो जान’कारी

खोप लगाएका मान्छेलाई ओ’मिक्रोन भेरियन्ट लाग्छ कि लाग्दैन ? डब्लूएचओ दियो यस्तो जान’कारी

न्युयोर्क । विश्व स्वा’स्थ्य संगठनका अधिकारीले हाल प्रयोग भइरहेका को’भिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने ब’ताएका छन् ।

दक्षि’ण अफ्रिकामा नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला विश्व स्वा’स्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीको पछिल्लो धा’रणा आएको हो ।

अनुस’न्धानकर्ताले पनि नयाँ भेरि’यन्टविरुद्ध खोपको प्रभावकारिता कम हुन सक्ने बताइरहेकाका छन् । तर डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले ओमिक्रोनको खोप छल्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेकोबारे हा’लसम्म कुनै संकेत फेला नपरेको बताएका छन् ।

‘हामीसँग गम्भीर संक्रमण र अस्पताल भर्ना हुनबाट बचाउँने अनि सबै भेरियन्टविरुद्ध काम गरिसकेका निकै प्रभावकारी खोप छन्’ डा. रायनले भने, ‘नयाँ भेरियन्टको हकमा फर’क अनुमान गर्नुपर्ने कुनै कारण छैन ।’

प्रारम्भिक तथ्याङ्कबाट समेत डेल्टा र अन्य भेरियन्टको तुन’लामा ओमिक्रोनले गम्भीर संक्रमण गर्ने संभावना कम रहेको पनि रायनको भनाइ थियो ।

दक्षिण अफ्रिकामा गरिएको नयाँ अध्ययनले भने सुरुको को’भिड स्ट्रेनको तुलनामा ओमिक्रोनविरुद्ध फाइजर/बायोइन्टेक खोपको प्रभावकारिता ४० प्रतिशत कम हुन सक्ने देखाउँछ । तर उक्त अध्ययनको स्वतन्त्र विश्लेषण हुन भने बाँकी छ ।

अध्ययनको नेतृत्व गरेका तथा अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका भाइरस विशेषज्ञ एलेक्स सिगलले समेत ओमिक्रोनले खोपबाट प्राप्त हुने एन्टिबडी छल्नेसम्बन्धी तथ्य ‘अपूर्ण’ रहेको बताएका छन् ।

वैज्ञानिकहरूले पनि यसअघिको कोभिड संक्रमण, लगत्तैको खोप वा बुस्टर डोजका कारण रोग प्रतिरोधी क्षमता बढ्न सक्ने र मानिसहरू गम्भीर संक्रमणबाट सुरक्षित हुने वि’श्वास गरेका छन् ।

मोडेर्ना, जोनसन एण्ड जोनसनसहितका अन्य कोभिड ओ’मिक्रोनविरुद्ध काम गर्ने वा नगर्ने भनेर हालसम्म महत्वपूर्ण तथ्य बाहिर आइसकेको छैन ।

ओमिक्रोनविरुद्ध फाइजर खोप के-कति प्रभावकारी छ भन्नेबारे केही दिनभित्रै तथ्याङ्क बाहिर आउने अपेक्षा गरिएको छ । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ ।

एकै दिन ओमिक्रोनका सयौँ बिरामी भेटिन थालेका छन् । सं’सदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएको बताएका छन् । पछिल्लो तथ्या‌कअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा ओमिक्रोनका संक्रमण देखिएको छ ।

नयाँ भेरियन्टको अस’र र अहिले प्रचलित खोपले भेरि’यन्टविरुद्ध काम गर्ने नगर्ने वारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । नयाँ भेरियन्ट नेपाललगायत ४३ देशमा फैलिसकेको छ । भे’रियन्ट फैलिएसँगै विभिन्न देशहरुले प्रतिबन्धात्मक व्य’वस्था लागू गरेका छन् ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.