Saturday , May 28 2022
Breaking News
Home / समाचार / तक्मे बुढाले छोरी पाएपछि यसरी बाँढे खुशी, यस्तो राखे नाम

तक्मे बुढाले छोरी पाएपछि यसरी बाँढे खुशी, यस्तो राखे नाम

हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गर्ने विल्सन विक्रम राई र उनकी श्रीमति सरिना लामालाई पुत्री लाभ भएको छ । यसको खुशी तक्मे बुढाले फेसबुकमा पोखेका छन् । उनी फेसबुकमा लेख्छन्, ‘आज हाम्रो परिवार को नयाँ सदस्य को शुभ आगमन भो । मलाई छोरीको बाबु र मेरो जिवनसाथी लाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भो औधी भाग्यमानी ठानेको छु । मेरो छोरी (सभ्यता बि राई) स्वागत शुभ आशिर्वाद ।’

हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गर्ने विल्सन विक्रम राई वैवाहिक जीवनमा बाधिएका छन् । उनले झापाकी सरिना लामासँग २०७५ सालको फाल्गुनको अन्त्यमा मागी बिबाह गरेका हुन् ।

त्यो समयमा विल्सनको बिहेको तस्वीर फाट्टफुट्ट सार्वजनिक भएतापनि प्रायले सु टि ङको फोटो सम्झेका थिए । दुलहीको पक्षले विभिन्न कारण तस्वीर सार्वजनिक गर्न नचाहेको कारण लुकाएको जस्तो भएको विल्सनले जनाएका छन् । सरिना विल्सनको स्कुलदेखिकी प्रेमिका हुन् ।
फाल्गुनमा इन्गेजमेन्ट गरेर बिहे भने भव्य गर्ने योजनामा रहेका विल्सनले सरिनाको ‘लामा परम्परा’ अनुसार तत्काल बिहे गर्नुपर्ने भएकाले सानो बिहे गरेको जनाएका छन् । सरिना ‘भुटानी शरणार्थी’ बारे युएनको प्रोजेक्ट बन्द भएपछि विल्सनको घर सम्हालेर बसेकी छिन् ।

विल्सन र सरिना हनिमुनका लागि अष्ट्रेलिया पुगेका थिए । सरिनाको मिडियासँग लजाउने बानीको कारण उनी मिडियामा आएकी छैनन् । बिहेपछि जीन्दगी बदलिएको विल्सनले जनाएका थिए ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.