Wednesday , May 18 2022
Breaking News
Home / समाचार / काठमाडौंका घरभेटी र डेरावालाका लागि प्रहरीको कडा निर्देशन

काठमाडौंका घरभेटी र डेरावालाका लागि प्रहरीको कडा निर्देशन

काठमाडौं । प्रहरीले चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन अनुरोध गरेको छ । प्रहरीले सतर्क गराएको हो ।चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यस समयमा चोरीलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको हो ।पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

अर्कोतिर कुनै पनि टोलमा असामान्य व्यक्ति पटक–पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ ।रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ ।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.