Monday , June 27 2022
Breaking News
Home / समाचार / छात्राहरु धमाधम बेहोस हुन थालेपछि विद्यालय बन्द

छात्राहरु धमाधम बेहोस हुन थालेपछि विद्यालय बन्द

जाजरकोट : जाजरकोट सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरू पठनपाठनको समयमा हरेक दिन बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

कक्षा ६देखि कक्षा १० सम्मका छात्राहरू पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।

बिहीबार १० जनाभन्दा धेरै छात्राहरूमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए । केहीबेर बेहोस हुने कराउने गरेपछि आफैँ ठिक हुने गरेको उनले बताए । केही समयपछि फेरि अरु छात्रालाई समेत यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

जिल्ला अस्पतालका चिकित्सकले त्रिभुवन माविका छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएको बताएका छन् । डा समीक्षा मल्लले छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएकोले केही दिन विद्यालय बन्द गरेर सम्पर्कविच्छेद गरे विस्तारै समस्या आफैँ समाधान हुने बताउँछिन ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.