Saturday , May 28 2022
Breaking News
Home / समाचार / स्पेनमा रहेको मेसीको होटल तत्काल भत्काउन अदालतको आदेश

स्पेनमा रहेको मेसीको होटल तत्काल भत्काउन अदालतको आदेश

एजेन्सी । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीको स्पेनमा रहेको चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ । डेली मेलका अनुसार मापद’ण्ड विप’रित होटल बनाएको भन्दै अत्याधुनिक सुविधा सम्पन्न होटल मिम सिटगेशलाई अदालतले तत्काल भ’त्काउन आदेश दिएको हो । उक्त होटेल २६ मिलियन पाउण्ड लगानीमा बनेको छ । मेसीले यो होटेल सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए । ७७ वटा कोठा रहेको यो होटल बार्सिलोना भन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको छ।

होटलमा पाँच वटा जुनियर सुइट र एउटा सुइटरूम सहित ७७ वटा कोठा छन्।यो होटलमा एउटा रूमको प्रति रात करिब १०५ पाउण्ड खर्च लाग्छ।द सनका अनुसार यो होटेलका बाल्कोनी, फायर प्लानलगायत अन्य संरचना तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अदालतले भ’त्काउन आदेश दिएको हो। सात पटकका बालेन डी ओर विजेता मेसीलाई होटेलको मापदण्ड गलत भएको आफूलाई खरिद गरेको बेला थाहा नभएको प्रतिक्रिया दिएका छन्। अन्य विषयमा उनले केही प्रतिक्रिया दिएनन्।

मेसी २०२१ को सर्वोकृष्ट खेलाडी : अर्जेन्टिनी कप्तान तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर लियोनल मेसीले कीर्तिमानी रूपमा सातौँपटक बालोन डि’अर अवार्ड जितेका छन् । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै उनले फ्रेन्च म्यागेजिनले वार्षिक रूपमा प्रदान गर्ने उत्कृष्ट अवार्ड जितेका हुन् । यो उपाधि गत वर्ष लेवान्डोस्कीले पहिलो पटक हात पारेका थिए । भोटिङका आधारमा मंगलबार मेसीलाई सन् २०२१ को सर्वोकृष्ट खेलाडी घोषणा गरेको हो । उपाधि रक्षा गर्न नसकेका लेवान्डोस्की दोस्रो तथा इटालीका जोर्गिन्हो तेस्रो स्थानमा छन् ।

मेसी शीर्ष स्थानमा रहँदै सर्वाधिक ६ सय १३ अंक प्राप्त गरेका छन् । लेवान्डोस्कीले पाँच सय ८० तथा जर्गिन्होले चार सय ६० अंक प्राप्त गरेका छन्। कुनै समय मेसी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो बीच बालोन डि’अर वर्ष खेलाडी उपाधि जित्ने होड बाजी चलेको थियो । यी दुवै खेलाडीले समग्रमा पछिल्लो १३ वर्षमा १२ पटक उपाधि जितेका छन् । मेसी र रोनाल्डोबीचको जिंक रियल म्याड्रिडका लुका मोड्रिचले सन् २०१८ मा तोडेका थिए। यसपटक रोनाल्डो छैटौँ स्थानमा सीमित भएका छन् । रोनाल्डोले पाँच पटक बालोन डि’अर उपाधि जितेका छन् । यसै सिजन उनी युभेन्टसबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.