कार्यालयमा महिला कर्मचारीमाथि भएका नराम्रा ब्यवहारहरु बेला बेलामा सार्वजनिक हुने गरेका छन् । यस्तो घटना गर्नेहरु प्रायस उपल्लो पदमा बसेका हुन्छन् । कतिपय कर्मचारी हाकिमको व्यवहार सहेर बसेका हुन्छन् । छु चो व्यवहार गर्दा समेत जागिरको लोभमा कर्मचारीले सहेर बस्नुपरेको हुन्छ । तर थाइल्यान्डमा भएको एक घटनामा महिला कर्मचारीले हाकिमको व्यवहारबाट दिक्क भएर कम्पनीलाई १४ करोड घाटा लाग्ने काम गरेकी छन् ।
हाकिमको व्यवहारबाट दिक्क भएकी महिलाले इन्धन भण्डारण कक्षमा आ गो लगाइदिएकी छन्, जसबाट कम्पनीलाई १४ करोड बढी घाटा भएको छ । गत ९ वर्षदेखि कम्पनीमा काम गरिरहेकी ३८ वर्षीया एन श्रिया आफ्ना ६५ वर्षीय हाकिमको व्यवहारबाट दिक्क थिइन् । यत्तिकैमा यी महिलाले कम्पनीको भण्डारण पक्षमा आ गो लगाइन् । आ गो नियन्त्रण गर्न ४० भन्दा बढी दमकल र आपतकालीन सेवा परिचालन हुँदा ४ घण्टापछि मात्रै आ गो नियन्त्रणमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ती महिलाले प्रहरीमा घटनामा आफ्नो संलग्नता स्वीकार गरेकी छन् भने यसको कारण हाकिम भएको बयान समेत दिएकी छन् ।