Saturday , May 28 2022
Breaking News
Home / समाचार / १८ वर्षीय किशोर र उनको साथीले गरेको काम देखेर प्रहरी पनि छक्क पर्यो

१८ वर्षीय किशोर र उनको साथीले गरेको काम देखेर प्रहरी पनि छक्क पर्यो

काठमाडौं। मोबाइल तथा सुनका गहना चोरी गरेको अभियोगमा विर्तामोड नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर र सुनसरी धरान उपमहानगरपालिका-२२ पाँचकन्या बस्ने २८ वर्षीय मन कुमार बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । किशोरलाई मेचीनगर नगरपालिका-१० नन्दा पेट्रोल पम्प र बिकलाई मेचीनगर नगरपालिका ९ खुट्टेडाँगीबाट प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका-९ मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट १ थान मोबाइल, संगीता लिम्बुको घरबाट १ थान मोबाइल र झुमादेवी ढुंगाना आचार्यको घरमा पाहुना आएकी अर्जुनधारा नगरपालिका-११ बस्ने शोभादेवी ढुंगानाको सुनका विभिन्न गहना चोरी भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उनीहरूलाई ३ थान औंठी, १ थान पञ्चरत्न बाला, २ थान टप, १ थान माइली तिलहरी र २ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.