के तपाईंले कहिलै आफू पुरुष भएकोमा ग्लानि वा लाज लागेको महसुस गर्नुभएको छ ? वा तपाईंले महसुस गर्नुभएको छ कि आफ्नो मर्द स्वभाव र त्यससँग जोडिएको व्यवहारले तपाईंलाई असंवेदनशील, मुर्ख या त्यसभन्दा पनि खराब त बनाइरहेको छैन ?
तुलनात्मक रुपमा पुरुषको संख्या कम छ। तर, धेरैजसो दूर्व्यवहारको घटना, बलात्कारको घटना, थिचोमिचोको घटनामा पुरुषहरु दोषी देखिन्छन्। अर्थात महिलामाथि पुरुषहरु हावी भएको पाइन्छन्। तर, सबै पुरुष त्यस्ता छैनन्। महिलामाथि सम्मान गर्ने र उनीहरुको भावना बुझ्ने पनि गर्छन्।
डर लाग्नुः हामी जब बच्चाको समयमा डराउने गर्छौं, तब हामीलाई उमेरमा पनि डर लाग्ने गर्छ। सो अवस्थामा हामीलाई तिमी त केटामान्छे भनेर कहिलै पनि ढुक्कसँग डराउन पनि दिइएन।
यो सानो कुराले हाम्रो दिमागमा यस्तो गहिरो प्रभाव पार्छ कि पूरै जिन्दगी केटा मान्छेले आफ्नो डर या असुरक्षालाई लुकाएर मात्रै बस्ने गर्छ। हामी कहिलै भन्न सक्दैनौं कि ‘हामी म केटा हुँ र म डराएको छु।’
डराउनु नराम्रो कुरा होइन तर बरु आफ्नो डर लुकाएर राख्नु नराम्रो कुरा हो। तपाईंलाई थाहा छैन जब तपाईंको दिमागमा कुनै सानो भ्रम वा सानो कुरा तपाईंको अघि पहाड जस्तै खडा हुनेछ। त्यस्तो अवस्थामा डर र संकोच मान्नु आवश्यक हुँदैन।
आफ्नो ठाउँ कायम राख्नुहोस्ः कल्पना गर्नुहोस् कि तपार्ईं एक सम्बन्धमा हुनुहुन्छ र तपाईंको साथी तपाईंको हरेक गतिविधिबारे जान्न चाहनुहुन्छ। तपाईं के लगाउनुहुन्छ, के खानुहुन्छ, कुन रंगको सर्ट वा जुत्ता लगाउनुहुन्छ जस्ता विषयमा तपाईंको साथीले चासो दिने गर्छिन्।
यतिसम्म कि कुन साथीसँग तपाईं हिँड्ने कोसँग संगत नगर्ने जस्तो विषय पनि तपाईं आफू निर्णय गर्न सक्नुहुन्न भने तपाईं गलत हुनुहुन्छ । तपाईंले आफ्नो ठाउँ तय गर्न सक्नुभएको छैन।वास्तवमा यी चीजहरुमा स्वतन्त्रता खोज्नु गलत कुरा होइन । हरेक मानिसले सीमित कुरामा आफ्नो स्वतन्त्रताको महसुस गर्न सक्नुपर्छ।
कसैको याद गर्नुः कहिलेकाहीँ मानिसहरु हाम्रो जीवनबाट धेरै टाढा जान्छन् । सिधा अर्थमा भन्दा ब्रेकअप जस्ता पलहरु जीवनमा आउँछन् । यी पलहरुले जिन्दगी हल्लाउँछन्। उनीहरुबाट बाहिर निस्कनका लागि धेरै मेहनत गर्नु पर्छ ।
यस्तो यादहरुमा डुब्नु पनि पुरुषको लागि कमजोरी मानिन्छ। यस्तो अवस्थामा कसैलाई धेरै सम्झनाको लागि कमजोर मान्नु गलत कुरा हो । यदि कसैले तपाईंलाई यस्तोमा कमजोर ठान्छ भने त्यो उसको गल्ती हो।
इर्ष्यालु हुनुः इर्ष्यालु हुनु मानवको प्राकृतिक स्वभाव हो। कसैको प्रगति देखेर मानिसहरुमा अक्सर ईष्र्याको भावना विकास हुन्छ। यो आफैँमा प्राकृतिक प्रक्रिया हो।
यस्तोमा प्रतिस्पर्धाको भावना मान्छेमा विकास हुन्छ। जुन धेरै राम्रो कुरा हो। प्रत्येक व्यक्तिले दिमागमा प्रगति र स्तरोन्नतिको मूर्त कल्पना गर्छ। मान्छे त्यही कल्पना र प्रगतिलाई पछ्याउँछ।
तर त्यति हुँदाहुँदै पनि अर्को चिनेको मान्छेले प्रगति गर्दाआफैँमा ईष्र्याको भावना जागृत हुन्छ। यस्तो भावनालाई नराम्रो मान्नुपर्ने कुनै कुरै छैन। यसलाई सकारात्मक तरिकाले लिनुहोस्, किनकि यो मानिसमा हुने साझा गुण हो ।
कसैसँग मद्दत माग्नुः पुरुषहरुको अर्को समस्या भनेको कसैसँग मद्दत माग्न नसक्नु हो। यदि कसैसँग मद्दत माग्यो भने त्यो आफैँमा कमजोर भए जस्तो महसुस गर्नु नै एक समस्या हो।
तर कसैसँग सहयोग लिने विषयमा कुनै संकोच लिनुुहुँदैन। हुनसक्छ कसैबाट लिइएको मद्दतले तपाईंलाई नयाँ जीवन दिन सक्छ। कसैसँग सहयोग माग्नुलाई तपाईं प्रतिष्ठाको मुद्दा नबनाउनुहोस्।
परिस्थितिलाई विचार गर्नुहोस् र तदनुसार निर्णय गर्नुहोस्। कहिलेकाहीँ मानिसहरु थोरै मद्दतसँग अगाडि बढ्नका लागि नयाँ तरिकाहरु खोज्छन्। त्यसैले, यदि तपाईं जीवनमा अघि बढ्न चाहनुहुन्छ भने कसैसँग सहयोग माग्न संकोच नमान्नुहोस्।