Wednesday , June 29 2022
Breaking News
Home / समाचार / कोरिया जानेहरुलाई खुसीको खवर एकैपटक यती धेरै कामदारलाई अवसर

कोरिया जानेहरुलाई खुसीको खवर एकैपटक यती धेरै कामदारलाई अवसर

काठमाडौं, २५ मंसिर । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत सन् २०२२ मा ६६ हजार विदेशी कामदार लैजाने भएको छ । शुक्रबार बसेको विदेशी कामदार कोटा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि यो कोटा निर्धारण गरेको हो ।

कोरियाले नेपालसहित पाकिस्तान, श्रीलङ्का, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकस्थान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार लैजाने गर्छ । सन् २०२२ को लागि उत्पादनमूलक क्षेत्रमा ४३ हजार, कृषि तथा पशुपालन क्षेत्रमा ९,९३० जना विदेशी कामदार कोरिया आउन पाउने छन् ।

माछापालन क्षेत्रमा ४,६४० जना तथा निर्माण क्षेत्रमा ३,९७० जना विदेशी कामदार कोरिया जान पाउने छन् । त्यस्तै सेवा क्षेत्रमा २६० जना विदेशी कामदार भित्र्याउने निणर्य गरेको छ ।

उक्त कोटामध्ये कोरियाली भाषा पास गरेर बसेका नयाँ कामदारको रुपमा ४२ हजार ५३० जना र २३ हजार ४७० कमिटेड (प्रतिबद्ध कामदार) कामदारको रुपमा कोरिया आउन पाउने छन् । यस्तै एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा कमिटेड कामदारको रुपमा डाक्नसक्ने नियम रहेको छ ।

नेपालबाट कोरोना महामरीभन्दा पहिले बर्षेनी ५ हजारभन्दा बढी कामदार कोरिया आउने गरेका थिए

About admin

Check Also

७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्। …

Leave a Reply

Your email address will not be published.