काठमाडौ । भारतकी हरनाज संधूले २०२१ को मिस युनिभर्सको उपाधि जितेकी छिन्। २१ वर्षपछि भारतकी प्रतिस्पर्धीले यो उपाधि जितेकी हुन्। यसअघि सुस्मिता सेनले मिस युनिभर्स २००० को उपाधि जितेकी थिइन् । यस वर्षको ७० औं मिस युनिभर्स प्रतियोगिता १२ डिसेम्बरमा इजरायलमा भएको थियो ।
दक्षिण अफ्रिका लालेला मासवाने सेकेन्ड रनरअप र पाराग्वे रि नागिया फरेरा फस्ट रनरअप घोषित भए। यी दुई सुन्दरीलाई पछि पार्दै भारतकी हरनाज सन्धु मिस युनिभर्सको विजेता बनिन् ।
मिस युनिभर्स २०२१ को फाइनलका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी तस्विरमा हरनाज निकै सुन्दर देखिएकी छिन् ।भारतको पञ्जाबकी संधू मोडलिङका साथै स्नातकोत्तरको अध्ययन पनि गरिरहेकी छिन्।
आफ्नो जितपछि हरनाज सिंधूले जितपछि आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै २१ वर्षपछि आफ्नो मुलुकलाई उपाधि दिलाउन पाउँदा खुसी लागेको बताएकी छिन्।
इजरायलमा आयोजिक यो प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले हरनाज सिंधूलाई यो ताज लगाइदिएकी थिइन्। हरनाजले गत अक्टोबरमा मिस युनिभर्स इन्डियाको उपाधि जितेकी थिइन्।