एजेन्सी । अंकिता लोखंडे र विक्की जैनले मुम्बईको एक होटलमा धुमधामका साथ इन्गेजमेन्ट गरेका थिए । दुबैको इन्गेजमेन्टमा टिभी जगतका सबै ठूला सेलिब्रेटीहरु सहभागी भएका थिए । इन्गेजमेन्ट अविस्मरणीय बनाउन सुशान्त सिंह राजपुतको फिल्म राब्ताको टाइटल गीत ब्याकग्राउन्डमा बजाइएको थियो जब अंकिताले स्टेजमा विक्कीलाई औंठी लगाएकी थिइन् ।
सुशान्त राजपुत अंकिताका पूर्व प्रेमी थिए । उनीहरु करिब ८ वर्ष संगै बसेका थिए । तर शुसान्तले ठूलो पर्दामा अभिनय गर्न थालेपछि अंकितासंगको प्रेम छुटेको थियो । शुसान्तको निधन पछि अंकिताले सुशान्तको परिवारलाई निकै साथ दिएकी थिइन् ।
उनको इन्गेजमेन्टमा अंकिता नीलो गाउनमा देखिएकी छिन् भने विक्की जैन पनि खुलेको पहिरनमा थिए । भिडियोमा देख्न सकिन्छ कि विक्कीले अंकितालाई औंठी लगाउने बित्तिकै अंकिताले उनलाई स्टेजमै कि स गरिन् । इन्गेजमेन्ट पार्टीअघि अंकिता र विक्कीले मेहन्दी सेरेमनीमा पनि निकै रमाइलो गरेका थिए जसको भिडियो र फोटोहरु सार्वजनिक भएका छन् ।
अंकिता आफैंले सामाजिक सञ्जालमा फ्यानसँग आफ्नो संगीत र मेहेन्दीको तस्विर शेयर गरेकी छिन् । विक्की आफ्नी भावी दुलहीलाई काखमा लिएर नाचिरहेको देखिएका थिए । यसअघि अंकिताले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा भिडियो शेयर गरेकी थिइन् । यो थियो अंकिता र विक्कीको प्रि वेडिंग शू टको भिडियो । शेयर गरिएको भिडियोमा यो जोडी निकै रोमान्टिक स्टाइलमा देखिएको छ ।
अभिनेत्री अंकिता लोखंडे र व्यापारी विक्की जैन डिसेम्बर १४ मा मुम्बईको ग्राण्ड हयात होटलमा विवाह बन्धनमा बाँधिदैछन् । १४ डिसेम्बरमा हुने यो विवाहमा दुवैका केही नजिकका साथीभाइ र परिवारका सदस्य मात्रै सहभागी हुनेछन् ।