Sunday , May 22 2022
Breaking News
Home / समाचार / अन्ततः काठमाण्डौबाट पक्राउ परिन भीआइपी कार्की (भिडियो सहित)

अन्ततः काठमाण्डौबाट पक्राउ परिन भीआइपी कार्की (भिडियो सहित)

काठमाडौं । आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी छिन् । कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । उनले एक सहकारीसँग लामाे समयदेखि ठूलो रकम माग्दै आएकी थिइन् ।

कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेकी थिइन् । यसरी पटक पटक पत्रकारको भेसमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आरोप छ । पैसा मोलमोलाइ र गिरफ्तारीका भिडियो प्रहरीले सार्वजनिक गर्दैछ ।

एन्जिना लामो समयदेखि पत्रकारितामा थिइन् । उनले तीन वर्ष तराई टेलिभिजनमा काम गरिन् । त्यसपछि हिमाल टेलिभिजन हुँदै भारतको जी टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतिय टेलिभिजन जि–टिभीमा जोडिएपछि उनले केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी हुन् ।

अहिले एन्जिना कुनै पनि सन्चार माध्यममा आवध्द छैनन् तर पत्रकारिता पेशाको नाममा उनले कमाउँदै आइरहेकी थिइन् । उनलाई ठगी कार्यमा फेसबुकमा रहेका नेपालका सन्चारकर्मी,व्यवसायी र राजनीतिक पार्टीका व्यक्तिहरुसँग खिचाएको तस्विरले सहयोग गरेको थियो । यसकार्यमा उनी एक्लै छैनन् । सात जनाको समूह रहेको छ ।

अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धान जारी छ ।

About admin

Check Also

पुन्य गौतमले, बालेन शाह अमिरिकन एजेन्ट भएको खुलासा गरे, देखाए यस्तो प्रमाण (भिडियो सहित)

नेकपा एमाले का युवा नेता एवम् भर्खरै केपी ओली को खुट्टा ढो गेर एमाले प्रवेश …

Leave a Reply

Your email address will not be published.