नेपालकी चर्चित अभिनेत्री निरुता सिंहको पछिल्लो अभिव्यक्तिले यतिबेला नेपालमा नयाँ बहस खडा गरिदिएको छ।उनले अझै पनि नेपालमा जातिय विभेद अन्त्य नभएको बताएकी हुन्।
उनले नेपालका शहरी क्षेत्रमा केही हदसम्म जातीय विभेद अन्त्य भएता पनि साना गाउँघरमा र ठूला शहरमै पनि विभेदको अन्त्य हुन नसकेको बताएकी छिन्।उनले आफ्नो जातिप्रति गर्व गर्नुपर्ने पनि बताउँछिन्। उनले आफू विश्वकर्मा भएको र आफू कामी जातमै खुशी भएको उल्लेख गरिन्।
आफ्नो अनुभव सुनाउँदै निरुता भन्छिन्,‘हामी शहरमा बस्छौँ, ठूलठूला कुरा गर्छौँ तर आज पनि गाउँघरमा र शहरमा पनि जातिय विभेद छ।अब निरुता, सिंह भनेको के हो? तपाई ठकुरी हो? भनेर सोध्छन् मलाई। हैन विश्वकर्मा हो भन्छु म। म गर्वसँग भन्छु म विश्वकर्मा हो, म कामी हो।’
यो पनि : जाडोमा शरीरको दुखाइ कम गर्नेदेखि तौल घटाउन तातो पानी उपयोगी
गर्मी मौसममा पसिना धेरै आउने हुँदा शरीरलाई हाइड्रेट राख्नका लागि प्रशस्त पानी पिउने गरिन्छ । तर, जाडो मौसममा चिसोको कारण अधिकांशमा पानी कम पिउने बानी हुन्छ । जसकारण शरीरमा आवश्यक पानीको मात्रा पुग्दैन, शरीर डिहाइड्रेट हुन्छ र विभिन्न समस्याहरू निम्तिने हुन्छ ।
चिसो मौसममा चिसो पानी पिउन नसके तातो पानी पिएर पनि शरीरलाई डिहाइड्रेसन हुनबाट बचाउन सकिन्छ । तातोपानीको सेवनले शरीरको पाचन प्रणालीमा सुधार ल्याउँछ जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरूबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानी शरीरमा छिटो टुट्छ । कब्जियत, बबासिर, फिसर जस्ता खतरनाक बिरामीहरू पानीको कमीले हुने हुँदा तातो पानीको सेवनले यस्ता समस्याको जोखिमलाई कम गर्छ ।
कतिपय मानिसलाई चिसो मौसम मन पर्दैन । चिसोले गर्दा उनीहरूको शरीर काँप्ने समस्या हुन्छ । तातो पानीको सेवनले शरीरको तापक्रम कायम राख्छ जसले गर्दा काँप्ने समस्या आउन दिँदैन । चिसो मौसममा गर्मीको तुलनामा शरीरको रक्तचाप धेरै हुन्छ । चिसोमा रक्त कोशिका सुक्ने भएकाले रगत सञ्चारमा समस्या भई रक्तचाप बढ्छ ।
तातो पानीले रक्त कोशिकाहरूलाई फैलाउन सघाउने हुँदा यसले रक्तसञ्चारमा सुधार ल्याउँछ । चिसो मौसममा धेरैजसो मानिसमा मांशपेशी दुख्ने, हाडजोर्नीको दुखाइ बढ्ने हुन्छ । तातो पानीको सेवनले शरीरमा धेरै प्रकारका दुखाइबाट बचाउँछ । तातो पानीको सेवनले महिनावारी हुँदा पेटमा हुने दुखाइलाई पनि कम गर्छ । चिसोमा मेटाबोलिज्म रेट कम हुन थाल्ने हुँदा शरीरको तौल बढ्छ ।
तातो पानी पिउनााले शरीरको मेटाबोलिज्म प्रणाली बुष्ट हुने हुँदा यसले मोटोपन बढाउन जिम्मेवार रहेका शरीरमा जम्मा भएको फ्याट कम गर्छ । मोटोपन नियन्त्रण गर्ने मानिसले तातो पानीबाट दिनको सुरुवात गर्न सुझाव दिइन्छ । चिसोममा तातो पेयपदार्थले नाकबाट सिँगान बग्ने, छातीमा खकार जम्ने, खोकी र घाँटीमा आउने समस्यामा तत्कात राहत प्रदान गर्छ । तातो पानीले शरीरमा रोगसँग लड्ने क्षमताको पनि विकास गर्ने आजतकमा उल्लेख छ ।