Wednesday , May 18 2022
Breaking News
Home / समाचार / जी न्यूज हिन्दीकी पत्रकारलाई प्रहरीले काठमाण्डौंमा गर्यो पक्राउ

जी न्यूज हिन्दीकी पत्रकारलाई प्रहरीले काठमाण्डौंमा गर्यो पक्राउ

प्रहरीले भारतीय टिभी च्यानलमा पत्रकारको रुपमा आवद्ध एन्जिना कार्कीलाई पक्राउ गरेको छ । उनी जी न्यूजमा आवद्ध थिइन् । पत्रकार भएकै नाताले अवैध तरीकाले ब्यापारीक समुहसँग रकम मागेको प्रहरीको भनाई छ । प्रहरीले काठमाण्डौबाट सोही आरोपमा पत्रकार एन्जिना कार्कीलाई पक्राउ गरेको हो । व्यापारिक समूहसँग ‘बार्गेनिङ’ गरेर पैसा असुलेको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उनी यस अघि जी न्यूजमा आवद्ध रहेको भनिएपनि हाल सो संस्थामा आवद्ध नभएको र नभएको हैसियत देखाएर व्यापारिक घराना शिखर ग्रुपका एकजना सेयरधनीसँग कार्कीले १५ लाख असुलेको प्रहरीले जानकारी दिएको हो । प्रहरीले पत्रकार कार्कीविरुद्ध प्रचलित ऐन बमोजिमको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

काठमाडौँको एउटा सहकारीसँग पनि कार्कीले मोटो रकम बार्गेनिङ गरिरहेको जानकारी आएको प्रहरीले बताएको छ । कार्की केही समय अघिसम्म भारतीय टेलिभिजन जी न्युजसँग आबद्ध थिइन् । मङ्सिर २० मा उनले सामाजिक सञ्जालमार्फत जी न्युज हिन्दीसँगको आबद्धता टुटेको जानकारी गराएकी थिइन् ।

About admin

Check Also

सार्वजानिक यातायात चढ्नेहरुकाे लागि एका बिहानै आयाे यस्ताे दु:खि बनाउने खबर !

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले …

Leave a Reply

Your email address will not be published.