ओ-मिक्रोन काे कारण सन् २०२२ मा स्वास्थ्य सङ्कट आउने ईयूको यस्ताे चेतावनी !
युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चे-तावनी दिएको छ । ईयूले को- रोना भाइरसको नयाँ भेरियन्ट ‘ओ-मिक्रोन’ का कारण स्वास्थ्य सङ्कट आउने चे-तावनी दिएको हो ।
यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृ- त्युको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । ‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले भौतिक दूरी, मास्क र बुस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
महामारी अगाडि नै देशहरुलाई आफ्नो क्षमता बढाउन र आवश्यक सावधानी अपनाउन साथै महामारी नियन्त्रणका लागि आवश्यक प्रयास थाल्न ढिला गर्न नहुनेमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले जोड दिनुभएको छ ।