Saturday , May 28 2022
Breaking News
Home / समाचार / सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस नागढुङ्गामा चेक जाँच गर्दा समातिए यि युवा

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस नागढुङ्गामा चेक जाँच गर्दा समातिए यि युवा

काठमाडौँ-काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार ४४० ट्याब्लेट नाइट्राभेटसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मोहनपुर गाउँपालिका–५ बस्ने २० वर्षीय गुड्डुकुमार राम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ३–००१ ख १८०३ नम्बरको बसमा जाँच गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read more

चितवन । पर्यटक बढाउन भरतपुर महानगरपालिकाले पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरेको छ ।

शनिबार विहान नारायणी नदी किनारमा कार्यक्रम गरी स्वर्ण त्रिकोण कार्यक्रम अन्तर्गत महानगरभित्र भएका पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरिएको हो ।

महानगरपालिकाले छ रात सात दिनभित्र घुम्न सकिने प्रमुख पर्यटकीय गन्तव्यहरू छनोट गरेको छ ।

महानगले पोखरा र लुम्बिनीसँग भगीनी सम्झौता गरेर एक अर्काको ठाउँमा भित्रिएका पर्यटकलाई तीनै ठाउँमा घुम्न प्रेरित गर्नेगरी कार्यक्रम अघि बढाइएको महानगरप्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

लुम्बिनीमा आएका पर्यटकलाई चितवन तान्ने, चितवनबाट पोखरा पुर्याउने साथै यही चक्रमा तीनवटा स्थानीय तहले समन्वय गरेर पर्यटक बढाउने योजना रहेको उहाँको भनाइ छ ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.