Monday , June 27 2022
Breaking News
Home / जीवनशैली / बच्चाको नाममा खोलिएको खातामा फिल्मी शैलीमा आयो करोडौँ रकम, त्यसपछि हुनेसम्म भयो

बच्चाको नाममा खोलिएको खातामा फिल्मी शैलीमा आयो करोडौँ रकम, त्यसपछि हुनेसम्म भयो

काठमाडौं, अहिलेको समयमा बैंकमा खाता खोल्ने कुरा अति सामान्य भएको छ । तर के हुन्छ जब तपाईंको खातामा अचानक करोडौं रुपैयाँ जम्मा हुन्छ ।यस्तै एक दुर्लभ घटना भारत, बिहारको खगेरियामा देखिएको छ । त्यहाँ एक युवकको खातामा गल्तीले ८ लाख रुपैयाँ भन्दा धेरै जम्मा भयो । त्यो मात्रै होईन सो रकम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भन्दै हल्ला पनि फैलाइयो ।

आफ्नो खातामा आएको रकम फिर्ता गर्न अस्वीकार गरेको विषय अहिले पनि चर्चामा रहेको छ । यसबीच, कटिहारमा दुई बैंक खाताहरुमा १५४२ करोडको राशि बराबरको रकम जम्मा भएको खुल्यो । बैंकका अधिकारीहरु पनि खातामा यति ठूलो रकम आएपछि चकित छन् ।

जब उनीहरु दुबैलाई खातामा आएको रकमबारे थाहा भयो, अन्य मानिसहरुलाई पनि आफ्नो खाता जाँच गर्न भनियो । अचानक खातामा ठुलो रकम जम्मा भएको कुरा थाहा पाएपछि अन्य व्यक्तिहरु आफ्नो खातामा रकम जम्मा भए नभएको कुरा हेर्नका लागि लाइनमा लागेका थिए ।

बिहारमा, स्कूले बच्चाहरुको पोशाक र खाजाको रकम सरकारले बैंक खातामा पठाउछ । बुधवार, आजमनगर प्रहरी चौकी क्षेत्रको बघौरा पञ्चायतमा स्थित पास्टिया गाउँका दुई बच्चाहरु गुरुचन्द्र विश्वास र असित कुमारको पोशाकको रकमबारे जानकारी लिन एसबीआईका सीएसपी त्यहाँ पुग्नुपर्यो ।

त्यहाँ पुग्दा उनीहरुलाई थाहा भयो कि करोडौं रुपैयाँ उनीहरुको खातामा जम्मा भएको छ । यो सुनेर बालबालिकाहरु मात्र नभई वरपर उभिएका अन्य मानिसहरु पनि चकित परेको बताइएको छ ।

खाता उत्तर बिहार ग्रामीण बैंक भेलागंज शाखाको हो । सीएसपीले बताए कि विद्यार्थी गुरुचन्द्र विश्वासको खाता नम्बर १००८१५१०३०२०८००१ मा झण्डै ९६ करोड भन्दा धेरै र असित कुमारको खाता नम्बर १००८१५१०३०२०८०८१ मा १४४५ करोड भन्दा बढी थियो ।

जब शाखा प्रबन्धक मनोज गुप्तालाई यो कुरा थाहा भयो, उनी छक्क परे । गुप्ताले दुबै बच्चाहरुको खाताबाट भुक्तानी रोक्दै यस प्रकरणमा अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । बैंकका वरिष्ठ अधिकारीहरुलाई पनि यसबारे जानकारी दिइएको छ ।

त्यस भन्दा पहिले खगरिया जिल्लामा एक धेरै रोचक बाहिर आएको छ । अचानक रञ्जित दासको खातामा झण्डै ९ लाख रुपैयाँ आयो । खातामा पैसा आएपछि उनलाई लाग्यो कि प्रधानमन्त्री मोदीले सो पैसा उनको खातामा पठाएका हुन् ।

उनले त्यो पैसा आफ्नो खाताबाट निकालेर खर्च गर्न थाले । पैसा फिर्ताको लागि बैंकले रणजीत दासलाई धेरै पटक सूचना पठाइसकेको थियो, तर उनले पैसा फिर्ता गर्न मानेनन् । अन्ततः बैंकको तर्फबाट रञ्जित दास विरुद्ध एक एफआईआर दर्ता गरियो । प्रहरीले रञ्जितलाई गिरफ्तार गरेर जेल चलान गरेको छ ।

About admin

Check Also

रक्षा गरुन,असार ११ गते शनिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय …

Leave a Reply

Your email address will not be published.