Saturday , May 28 2022
Breaking News
Home / समाचार / ओ-मीक्रोन भाइरस पुष्टि भएका डाक्टरको रिपार्ट फेरि पनि पोजेटिभ, तेस्रो लहर आउने चेतावनी

ओ-मीक्रोन भाइरस पुष्टि भएका डाक्टरको रिपार्ट फेरि पनि पोजेटिभ, तेस्रो लहर आउने चेतावनी

ओ-मीक्रोन भाइरस पुष्टि भएका डाक्टरको रिपार्ट फेरि पनि पोजेटिभ, तेस्रो लहर आउने चेतावनी !

भारतमा ओ- मीक्रोन भेरियन्ट फैलिएको प्रति इन्डियन मेडिकल एसोसियसन(आइएमए)ले चि`न्ता व्यक्त गरेको छ । समयमै कुने कदम नउठाए छिटै को- राना महामारीको तेस्रो लहर सुरु हुने चे-तावनी आइएमएले दिएको छ । नयाँ भेरियन्टबाट बच्न बुस्टर डोज खोपको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

भारतमा हालसम्म नयाँ भेरियन्ट ओ-मीक्रोन २१ जनामा पुष्टि भइसकेको छ । सबैभन्दा पहिलो ओ-मीक्रोन भेरियन्ट पुष्टि भएका बैंग्लोरका डाक्टरको फेरि पनि पीसीआर पोजेटिभ आएको भारतीय मिडियाले जानकारी दिएका छन् । संक्रमण पुष्टि भएको ७ दिनपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आएको एनडीटीभीले खबर दिएको छ ।

४६ वर्षीया यी डाक्टरलाई चिकित्सकको निगरानीमै राखिने रिपोर्ट नेगेटिभ नआएसम्म डिस्चार्ज नगर्ने निर्णय भएको छ । भारतमा पहिलो पटक कर्नाटकमा यी डाक्टरसँग अर्का ६६ वर्षीय वृद्धमा पनि ओ-मीक्रोन भेरियन्ट पाइएको थियो । नेपालमा पनि २ जनामा ओमीक्रोन भेरियन्ट देखा परिसकेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.