टोखा नगरपालिकामा ‘मेयर दीर्घायु’ कार्यक्रम शुभारम्भ गरिएको छ । मंगलबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरी मेयर दीर्घायु कार्यक्रमको शुभााम्भ गर्नुभएयो हो ।
नगरपालिकाले “म स्वस्थ्य मेरो टोखा नगर स्वस्थ ” भन्ने नारा तय गरि मेयर दीर्घायु कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाले ५० वर्ष माथिका नगरपालिकामा बसोबास गर्ने अपाङ्, अशक्त, घाइते, द्वन्द्व पीडित, असाय, लोपोन्मुख , महिला तथा अल्पसङ्ख्यक व्यक्तिलाई लक्षित गरी मेयर दीर्घायु कार्यक्रम शुरु गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले मेयर दीघायु कार्यक्रम मार्फत नगरपालिकामा एक हजार जनालाई स्वास्थ्य सेवा प्रदान गरिने बताउनुभयो । उहाँले टोखा नगरपालिकाले विकास निर्माणको कामसँगै स्वास्थ्य क्षेत्रमा उपलब्धि हासिल गर्दै गएको भन्दै मेयर दीर्घायु कार्यक्रमले स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गर्नुभयो ।
टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आगामी पाँच वर्षमा प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालको रुपमा विकास गरिने बताए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले यस कार्यक्रमले लक्षित वर्गको उपलब्धि हासिल गर्ने बताउनुभयो ।
सो कार्यका लागी नगरपालिकाभित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणित परिचयपत्र वा अपाङ्गतासम्बन्धी परिचयपत्र भएको व्यक्ति सहभागी हुन पाउनेछन् । कार्यक्रममा सहभागी हुन हरेक वडाबाट नाम सिफारिस गर्नुपर्नेछ ।
उक्त कार्यक्रम सञ्चालनका लागि टोखाले वजेट विनियोजन गर्नुका साथै कार्यविधि निर्माण गरिएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यलगायतले टोखाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त कार्यक्रम सञ्चालन गरेको बताएका थिए