काठमाण्डौ –काभ्रे घर भएका एक युवा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि राजधानी नजिकैको जिल्लाबाट गत कार्तिकमा लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा दिन यातायात व्यवस्था कार्यालय, चावहिल आए । उनको आउनजान गरेर झण्डै २० हजार खर्च भयो । ति युवालाई आशा थियो सवारी चालक अनुमतिपत्रको परीक्षा निष्पक्ष हुन्छ ।तर उनले यसको ठिक उल्टो दृश्य देखे । बिहान १० बजे यातायात व्यवस्था कार्यालय चावहिलमा लिखित परीक्षाको टोकन लिनका लागि गएका उनी बेलुकासम्म लाइनमै उभिए ।
उनले बिहान १० बजे देखि बेलुकी ४ बजेसम्म लाइनमा बस्नु पर्यो । बल्ल उनको पालो आयो तर त्यहाँ उनको आँखाअगाडि यस्ता दलालहरु देखिए जसले त्यतिखेरै गएको मान्छेलाई पनि ५०० रुपैयाँ दियो भने टोकन दिइरहेका थिए ।दलालहरुले त्यो दिन भन्दा अघि नै त्यहाँका कर्मचारीहरुसँगको सेटिङमा धेरै टोकनहरु एकैपटक लिएर आफूसँग राख्ने र कमाउ धन्दाका लागि बेच्ने गरेको त्यहाँ उपस्थित एक युवाले बताए ।
यो पनि साइलेन्ट हर्ट अट्याकः यी सामान्य लक्षणदेखि सतर्क रहन आवश्यक
छाती दुख्ने, मुटुको चाल बढ्ने, चिसो लाग्ने, पसिना आउने र धेरै कमजोर महसुस हुने जस्ता लक्षणहरूले हृदयाघातको सङ्केत गर्छ ।
तर, हर्ट अट्याकको सङ्केत दिने लक्षणहरू माथि उल्लेख गरिएभन्दा पनि फरक प्रकृतिका हुन्छन् । कहिलेकाहीँ लक्षण नदेखिए पनि हृदयाघात हुनसक्छ । कहिलेकाहीँ हर्ट अट्याक भएको भए पनि थाहा नहुन सक्छ । यसलाई साइलेन्ट हर्ट अट्याक भनिन्छ । साइलेन्ट हर्ट अट्याक हुँदा निकै असामान्य वा कुनै पनि लक्षण महसुस नहुने हुनसक्छ ।
यसप्रकारको साइलेन्ट हर्ट अट्याक निकै खतरनाक हुन्छ । अमेरिकाको क्लिवल्यान्ड क्लिनिकका कार्डियोजोजिस्ट कर्टिस रिम्मरम्यानका अनुसार साइलेन्ट हर्ट अट्याक भएको थाहा नहुने हुँदा यसको उपचार पनि नहुने वा नगरिने कारण यो सबैभन्दा खतरनाक हुन्छ । साइलेन्ट हर्ट अट्याक हुँदा लक्षण देखा नपरे पनि मुटुलाई भने असर भइरहेको हुन्छ ।
अत्यधिक थकान र सास फेर्न गाह्रो हुने हुँदा केही व्यक्तिहरू साइलेन्ट हर्ट अट्याक भएपछि तुरुन्तै अस्पताल जान्छन् । तर, हृदयाघातको बारेमा जानकारी नहुनलेलाई यो रोगको बारेमा थाहा पाउन सहज हुँदैन । महिला वा मधुमेहका रोगीलाई साइलेन्ट हर्ट अट्याकको जोखिम धेरै हुन्छ ।
रेगुलर चेकअपको बेलामा जाँदा मानिसले आफूलाई हर्ट अट्याक भएको पत्ता लगाउन सक्छन् । मुटुको मांसपेशीमा भएको नोक्सानलाई हेरेर डाक्टरले कस्तो प्रकारको हृदयाघात भएको पत्ता लगाउन सक्छन् । डाक्टरहरूले इलेक्ट्रोकार्डियोग्राम वा कार्डियक अल्ट्रासाउन्डमार्फत पत्ता लगाउन सक्छन् ।
साइलेन्ट हर्ट अट्याक हुँदा कुनै पनि विशेष लक्षण देखिने भन्ने हुँदैन । तर यसको मतलब यो होइन कि हर्ट अट्याकका सङ्केत पहिचान गर्न सकिँदैन भन्ने हुँदैन । आजतकमा जनाएअनुसार छातीमा केही अड्किएजस्तो महसुस हुने, थकान, सास फेर्न गाह्रो हुने, छाती पोल्ने, लगातार बैचैनी महसुस हुने हुनसक्छ ।