Saturday , May 28 2022
Breaking News
Home / समाचार / ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि लकडाउनको घोषणा

ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि लकडाउनको घोषणा

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्डमा लकडाउन भएको छ । नजिकिँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि लकडाउन कडा बनाइएको नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले जानकारी दिए ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म बन्द हुनेछन् । चाडपर्वके समयमा घरमा चारजना सम्म मात्र पाहुना आउन पाउने नियम लागु गरिएको छ ।

लागु गरिएका नियम कडाइका साथ पालना गर्न आग्रह गर्दै प्रधानमन्त्री मार्करुटले उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो । कोरोना ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि युरोपका अधिकांश देशले प्रतिबन्धात्मक नियम लागु गरिसकेका छन् ।

गत नोभेम्बरको अन्तिम तिर दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्टको संक्रमण हाल विश्वका ८५ भन्दा बढी देशमा फैलिएको छ । यसैबीच बेलायतमा कोराना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । बेलायतमा एकै दिन ८० हजार बढीमा कोराना संक्रमण पुष्टी भएको बताइएको छ ।

शनिबार नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलन गर्दै लकडाउन लगाइने घोषणा गरेका थिए। अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने उनको भनाइ थियो ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.