Saturday , May 28 2022
Breaking News
Home / समाचार / १४ तलाबाट खस्दा चर्चित नायिकाको निधन, लडेको कि आ’त्मह’त्या?

१४ तलाबाट खस्दा चर्चित नायिकाको निधन, लडेको कि आ’त्मह’त्या?

जापानमा अग्लाे होटलबाट ख’स्दा चर्चित अभिनेत्री एवम् संगीतकर्मी कान्डा सायकाको निधन भएको छ। शनिबार साँझ साप्पोरो होक्काइदोस्थित एक होटलबाट खसेर ३५ वर्षीया कान्डाको मृत्यु भएको हो।

उनको कार्यालयले आइतबार दिएको जानकारीअनुसार २२ तले होटलको १४औं तलामा बसेकी उनी चि’प्लि’एर ल’डे’की हुन्। गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा उनको निधन भएको खबर क्योडो न्युजले लेखेको छ।

तर नायिका कान्डा लडेकै हो वा उनले आ’त्मह’त्या ग’रे’को भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ। क्योडो न्युजका अनुसार कान्डा ७० वर्षीय जापानी अभिनेता मासाकी कान्डाकी छोरी हुन्।

अभिनेत्री कान्डाले चर्चित डिज्नि एनिमेटेड फिल्म ‘फ्रोजन’ मा एन्ना पात्रका रूपमा आवाज दिएकी थिइन्। २० वर्षकै उमेरदेखि अभिनय र गायन थालेकी उनले ‘ग्यालेक्सी एक्सप्रेस ९९९’मा अभिनय गर्ने योजना बनाएकी थिइन्।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.