Wednesday , May 18 2022
Breaking News
Home / समाचार / बैंकले ल्यायो नयाँ नियम, अब यस्ता ब्यावसायीलाइ ऋण नदिने गर्यो कडाइ !

बैंकले ल्यायो नयाँ नियम, अब यस्ता ब्यावसायीलाइ ऋण नदिने गर्यो कडाइ !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात निरुत्साहन गर्न थप क’डा कदम चालेको छ । सोमबार वाणिज्य र विकास बैंकहरुलाई नयाँ परिपत्र जारी गर्दै प्रतीतपत्र खोल्नुअघि नै तोकिएका वस्तुमा तोकिएको दरमा अनिवार्य नगद जम्मा गर्नुपर्ने नयाँ नीतिगत प्रवन्ध गरेको हो ।

मुलुकको शोधनान्तर घाटा डेढ खर्ब नाघेपछि राष्ट्र बैंकले आयातमा कडा नीति लिएको हो। अब केही बस्तुहरुको आयात गर्दा बैंकबाट ऋण लिन पाइँदैन। ब्यवसायीले जति परिमाणको बस्तु ल्याउने हो त्यसमा लाग्ने पैसा आफैले जम्मा गर्नु पर्छ। यसअघि बैंक ऋण लिएर उनीहरुले बस्तु आयात गर्न पाउँथे।

राष्ट्र बैंकले गाडी आयातमा ५० प्रतिशत बैंक ऋण लिन पाउने सुविधा दिएको छ। तर केही अन्य बस्तुहरुमा एक रुपैयाँ पनि ऋण लिन पाइँदैन।

जस्तो अब चिनी र चकलेट, ल्वाङ, मिनरल वाटर, म’दि’रा र भि’ना’ग’र, चु’रो’ट र सु’र्ति’ज’न्य ब’स्तु, अत्तर, क’स्मेटिक सामान, काठका वस्तु तथा सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक बस्तु, सुन, चाँदीजस्ता वस्तु आयात गर्दा विदेशी बजारमा तिरिने मूल्यको १०० प्रतिशत नै नगद बैंकमा राख्नुपर्नेछ । गाडी र मोटरसाइकल आयातमा त्यस्तो मार्जिन रकम ५० प्रतिशत मात्रै राखेर प्रतीतपत्र खोल्न सकिने छ । तर, विद्युतीय सवारीका हकमा मार्जिनको नीति लिइएको छैन ।

यसबाहेक सुनचाँदी जस्ता बहुमूल्य बस्तु आयात गर्न पनि बैंक ऋण लिन पाइँदैन। उदाहरणका लागि यसअघि १ करोडको सामान आयात गर्नु पर्दा ऋणीले बढिमा एक लाख रुपैयाँ आफ्नो पैसा हाले हुन्थ्यो। अझ नियमित ग्राहक र कर्पोरेट ग्राहक छ भने त्यो पनि पर्दैन थियो। उनीहरुले सबै बैंक ऋणबाटै आयात गर्न पाउँथे।

अब भने यी बस्तुको आयात गर्ने हो भने शत् प्रतिशत पैसा आँफैले हाल्नु पर्छ। बैंकले एलसी शुल्क लिएर सहजीकरण मात्र गरिदिन्छन्। यसले गर्दा आयातमा निरुत्साहन पुग्ने राष्ट्र बैकका अधिकारीहरुले बताए।

उच्च आयातले विदेशी मुद्राको सञ्चिति घटेका कारण बैंक ऋणलाई निरुत्साहित गर्न यो नीति ल्याउनु परेको उनीहरु बताउँछन।

बैंकरका अनुसार राष्ट्र बैंकले तोकेको बस्तु ल्याउन अब निक्कै गाह्रो पर्ने छ। किनभनेर अहिले लगभग शुन्य आफ्नो पैसामा सामान आयात गर्न पाइएको थियो। सबै बैंकले ऋण दिने गरेका थिए। अब भने बैंकको पैसा प्रयोग हुँदैन।

‘ठूलो परिमाणमा सामान आयात गर्नेले आफ्नो पैसा हालेर अब सामान ल्याउनै सक्दैन’ नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने,’यसले तोकिएका बस्तुहरुको आयात धेरै हदसम्म रोकिन्छ।’

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.