Saturday , May 28 2022
Breaking News
Home / समाचार / काठमाडौँ उपत्यकामा नै पतिले गरे पत्निमाथि हद पार गरेर यस्तो ज्यादती..

काठमाडौँ उपत्यकामा नै पतिले गरे पत्निमाथि हद पार गरेर यस्तो ज्यादती..

भक्तपुर आफ्नै कोठामा श्रीमतीलाई राति कुटपिट गरी हत्या गरेर फरार भएका एक पुरुषलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको छ ।

भोजपुर केराबारी घर भई हाल सूर्य विनायक नगरपालिका–५ कटुञ्जेस्थित डेरामा बस्ने २५ वर्षीय जीवन राईले श्रीमती २५ वर्षीय मन्दिरा राईलाई आइतबार राति कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

राति कुटपिटबाट हत्या गरेपछि फरार भएका राईलाई प्रहरीले खोजतलासको क्रममा कटुञ्जेस्थित सिदार्थ स्कुल नजिकै आफन्तको कोठामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमान् श्रीमती मदिरा सेवन गरी प्रायःझगडन गरिरहने र गएराति पनि दुवैले मदिरा सेवन गरेको अवस्थामा विवाद भई जीवनले कुटपिट गरेपछि घाइते मन्दिराको धेरै रक्तश्रावका कारण मृत्यु भएको उहाँको भनाइ छ । प्रहरीले घट्नाबारे थप अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

About admin

Check Also

कति बढ्ने भयो त सरकारी कर्मचारीको तलब ?

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू …

Leave a Reply

Your email address will not be published.