काठमाडौं– नेपालमा थप एक जनामा भाइ’रसको नयाँ भेरियन्ट ओमि’क्रोन देखा परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ५८ वर्षीय वृद्धमा ओमि’क्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।
प्रवक्ता मिश्राले संक्र’मित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन्। उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्।
योसँगै नेपालमा तीन जना ओमि’क्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उनको भनाइ छ। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।
यस्तै सरकारले छिट्टै बुस्टर डोज दिने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वा’स्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गरिने जनाएका छन्।
मन्त्री खतिवडाले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अनुमति पाएको खण्डमा छिट्टै बुस्टर डोज दिन सरकार तयारी अवस्थामा रहेको जनाए।
उनले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र विस्तारै वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने बताए।
पछिल्लो पटक ओमि’क्रोनको संक्र’मण बढ्दै गएको भन्दै खतिवडाले सरकारले सजगताका साथ पुर्वतयारी गरिरहेको बताए।
सरकारले १८ वर्ष र माथि उमेर समूहका लागि कोभिशिल्ड र भेरोसेल खोप र १८ वर्ष मुनिका उमेर समूह (१२–१७) का लागि फाइजर र मोडर्ना खोप लगाउँदै आएको छ। उनले सरकारको प्राथमिकतामा रहेको को’रोना विरुद्धको खोप अभियानलाई सफल पार्न अपिल गरे।