Monday , June 27 2022
Breaking News
Home / समाचार / बीच सडकमा देखियो अनौठो दृश्य, कहाँबाट आयो बन्डलका बन्डल पैसा ?

बीच सडकमा देखियो अनौठो दृश्य, कहाँबाट आयो बन्डलका बन्डल पैसा ?

गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए ।

महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर घोराही उपमहानगरपालिका–१० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन् । त्यसक्रममा उनले सडकमा अनौठो दृश्य देखिन् ।

दृश्य कस्तो भने व्यस्त बीच सडकमा दुई युवा छिटोछिटो पैसाको बन्डल टिपेर झोलामा राख्दै थिए । ती युवा अलि आत्तिएको र हडबड गरिरहेको उनले ठम्याइन् ।

त्यसपछि उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिन् । ‘कतैबाट पैसा हराएको सूचना आएको छ ?’ उनको प्रश्न भुईंमा खस्न नपाउँदै जवाफ आयो– छ ।’ त्यसपछि हतार हतार सडकबाट त्यो पैसा टिप्नेहरूको पैसा नभएको निष्कर्षमा उनी पुगिन् । र एउटा जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्नतर्फ लागिन् ।

हटलाइन नम्बर उठाउने प्रहरी कर्मचारीसँग उनले जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको नम्बर मागिन् । मोटरसाइकल नम्बर पनि टिपाइन् । सोधखोजकै क्रममा मोटरसाइकल धनीको पहिचान खुलेपछि प्रहरीले लगत्तै तुलसीपुर १२ कचिलाका निमबहादुर चौधरीलाई सम्पर्क गर्‍यो ।

रकम फेला पार्ने निमबहादुरले सुरक्षित ढंगले राखेका थिए । भेटिएको रकम डीएसपी रिजाल र प्रहरी निरीक्षक महतले संयुक्त रूपमा धनी शर्मालाई हस्तान्तरण गरेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

(न्यूज भण्डारमा प्रकाशित समाचारमा गुनासो, सल्लाह, सुझाव भए, समाचार वा विज्ञापन प्रसारण गर्नुपरेमा फोन वा इमेलमार्फत सिधा सम्पर्क गर्न सक्नुहुनेछ

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.