काठमाडौँ । गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख स्वास्थ्य राम्रो हुनुपर्छ । मिलेका दाँत भएरमात्र मुख स्वास्थ्य राम्रो छ भन्न सकिँदैन । त्यसका लागि दाँतसँंगै सास गन्हाउने समस्या हुनु हुँदैन ।
कुनै मानिसको छेउमा बस्दा मुखबाट ह्वास्स नराम्रो गन्ध आयो भने तपाईं जतिसुकै सुन्दर भए पनि त्यसको कुनै अर्थ रहन्छ र ? मानिसहरू तपाईंको नजिक आउनै चाहँदैनन् । त्यसैले स्वास्थ्यका लागि मात्र नभएर व्यक्तित्व विकासका लागि पनि मुख स्वास्थ्यमा ध्यान दिनै पर्छ । धेरै जनाको सास गन्हाउने समस्या हुन्छ ।
त्यो समस्याले उनीहरूलाई समस्यामा पारेको हुन्छ । यो समस्यालाई निराकरण गर्न सकिन्छ । सास गन्हाउने विभिन्न कारण हुन्छन् ।
सास गन्हाउने प्रमुख कारणहरू
१.अड्केको खाना कुहिएर
२.जिब्रोको माथिल्लो भाग सफा नगरेमा ।
३.गिजामा पिप जमेर ।
४.पिनास भएमा ।
५. पेटको समस्या भएमा ।
६.गिजा धेरै सुन्निएमा ।
७.शरीरमा पानीको मात्रा कम भएमा ।
८.धूमपान र मद्यपानको सेवनले ।
९.मिर्गौलाको समस्या भएमा ।
१०.फोक्सोमा संक्रमण भएमा ।
कसरी रोक्न सकिन्छ सास गन्हाउने समस्या
१.बिहान र बेलुका दुई पटक नछुटाई राम्रोसँंग दात माझ्नुपर्छ ।
२.जिब्रोको माथिल्लो भाग सफा गर्नुपर्छ ।
३.कीरा लागेको र प्वाल भएको दाँत छ भने त्यसको उपचार गर्नुपर्छ ।
४.खाना खाएपछि कुल्ला गर्नु बिर्सनु हुँदैन ।
५.प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दिनमा कम्तीमा चार लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
६.पेटमा कब्जियतलगायतको समस्या छ भने उपचार गर्नुपर्छ ।
७.सास गन्हाउने समस्या समाधानका लागि दन्त रोग विशेषज्ञसँंग उपचार र परामर्श गर्नुपर्छ ।
यो पनि पढ्नुहोस
यस्ता छन्, सास गन्हाउने समस्या समाधानका घरेलु उपाय
१.सुत्नुभन्दा अगाडि पानी पिउनुहोस
राति सुत्दा शरीरमा पानीको कमी भयो भने पनि सास गन्हाउने समस्या देखापर्दछ । त्यसैले दैनिक कम्तीमा पनि ४ लिटर पानी पिउनुहोस । जसले गर्दा सास गन्हाउने समस्यामा कमि आउँछ ।
२.ताजा खनेकुरा खाने
ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि सास गनाउने समस्यामा कमी आउँछ ।
३.पुदिना पानीले कुल्ला गर्नुहोस
पिसेको पुदिनालाई पानीमा घोली दैनिक कम्तिमा तिन पटकसम्म कुल्ला गर्नुहोस । यसले सासलाई ताजा राख्दछ ।
४.गुलियो खानेकुरा कम खानुहोस
गुलियो खानेकुराहरू खाइसकेपछि मुखमा केहि कणहरू बाँकी हुन्छन । जसप्रति ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछन र ती ब्याक्टेरियाहरू एसिडमा परिणत भई सास गनाउने जस्ता विभिन्न समस्याहरू देखा पर्दछन ।
५.नरिवलको तेल
बिहान दाँत माझ्नु अघि नरिवलको तेलले मुख कुल्ला गर्नुहोस । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुहोस । जसले सास गनाउने समस्या कम गर्दछ ।
६.घ्यूकुमारीको रस
घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एकहप्ता सम्म घ्यकुमरीको जुसले मुख कुल्ला गर्नाले सास गनाउने समस्याबाट छुटकरा पाउन सकिन्छ ।
७.सुत्नुभन्दा अगाडि दाँत माझ्ने
यदि तपाइले दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, सास गनाउने समस्या र विभिन्न किसिमका दन्तरोगहरूबाट पनि बच्न सकिन्छ ।
बेलुका सुत्नुभन्दा अगाडि र बिहान उठेपछि दाँत माझ्नाले सास गनाउने समस्या कम हुँदै जान्छ ।
८.ल्वाङ सेवन
यदि तपाइको सास गन्हाइ रहन्छ भने बेला बेला मुखमा ल्वाङ राख्ने बानी गर्नुहोस । यसले सासमा ताजापन ल्याउँछ ।
९.नुनपानी
मनतातो पानीमा नुन हालेर दिनमा दुई पटक कुल्ला गर्नुहोस । यसले जिब्रो सफा हुनुका साथै जिब्रोमा जम्मा भएका ब्याक्टेरियाबाट टाढा राख्दछ ।
१०.दैनिक जिब्रो सफा गर्नुहोस
सासलाई ताजा राख्न दाँतको साथसाथै जिब्रो पनि सफा गर्नुहोस । नियमित जिब्रोको सफाइले सास गन्हाउने समस्या पनि कम हुँदै जान्छ ।