Sunday , May 29 2022
Breaking News
Home / रोचक / विवाहको भोलिपल्ट श्रीमतीलाई श्रृंगार बिना देख्दा श्रीमान् चकित, डिभोर्सको माग

विवाहको भोलिपल्ट श्रीमतीलाई श्रृंगार बिना देख्दा श्रीमान् चकित, डिभोर्सको माग

नेपालमा जमाना अनुसार राम्रोसँग खान लाउन नदिएको आरोपमा समेत डिभोर्स लिन पाइन्छ । त्यो पनि महिलाको तर्फबाट । तर एक इजिप्टका पुरुषले उनकी श्रीमतीबाट बारम्बार डिभोर्स मागिरहेका छन् । श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण उनले सम्बन्धविच्छेदको माग गरेका हुन् ।

इजिप्टका एक पुरुषले आफ्नी एक महिना पुरानी श्रीमतीबाट सम्बन्धविच्छेदको माग गरेका छन् किनभने उनले आफ्नी श्रीमतीलाई मेकअप बिना हेर्न सकिरहेका छैनन् ।

यी दुईको भेट फेसबुकमा भएको हो । फेसबुकमा ती महिलाले निकै आकर्षक तस्बिर पोस्ट गर्ने गर्थिन् । त्यसपछि उनीहरुबीच कुराकानी सुरु भयो, दुईबीच भेटघाट पनि भए । भेटमा पनि उनी आकर्षक नै देखिइन् । त्यसैले ती पुरुषले उनलाई विवाह गर्ने सोच बनाए । समस्या विवाहको भोलिपल्ट सुरु भयो जब उनले आफ्नी बेहुलीलाई पहिलोपटक मेकअप बिना नै देखे ।

‘म आ’घा’तमा परेँ किनभने विवाह अघि मैले जस्तो उनलाई देखेको थिएँ, उनी त्यस्तो देखिइनन्,’ निराश श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने । ‘मैले उनको तस्बिर फेसबुकमा देखेको थिएँ । उनले मेकअप नगरेको अनुहार र ती तस्बिरबीच अकास पातालको फरक छ । म ठगिएँ, त्यसैले उनीबाट सम्बन्धविच्छेद चाहन्छु ।’

‘मलाई उनले झु’क्याइन् किनभने विवाह अघि उनले असाध्यै धेरै मेकअप लगाउने रहिछिन्,’ ती पुरुषले थपे । ‘तर विवाहपछि मैले उनको वास्तविक अनुहार देखेँ, उनी कु’रुप देखिन्छिन् ।’

इजिप्टको मिडियामा प्रकाशित समाचारका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा बानी पार्न त खोजेको तर नसकेका कारण विवाहको एक महिनापछि सम्बन्धविच्छेदका लागि निवदेन दिएका हुन् ।

‘मैले उनलाई बिहान उठेपछि देखेँ, उनको कपाल जि’ङ्ग्रि’ङ्ग थियो… र उनलाई जस्तो देखेर विवाह गरेको थिएँ, त्यो भन्दा उनी पूर्ण रुपमा भिन्न देखिएकी थिइन् । ’

About admin

Check Also

एमालेको निष्कर्ष: सुनितालाई उपमेयरमा उठाउनु गल्ती भयो

नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरमा उठाएर गल्ती भएको स्वीकार गरिसकेको छ । स्थापितको …

Leave a Reply

Your email address will not be published.