Wednesday , June 29 2022
Breaking News
Home / मनोरंजन / अमेरिकाबाट नेपाल आएकी श्रृंखला प्रेमीसँग रमाउँदै !

अमेरिकाबाट नेपाल आएकी श्रृंखला प्रेमीसँग रमाउँदै !

क्रिसमस बिदा पारेर पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकादेखि नेपाल आइपुगेकी छिन् ।

हजुरबुबाको पुस्तक बिमोचन कार्यक्रममा भेटिएपछि मात्र उनी नेपाल आइपुगेको खबर बाहिरिए

चार महिनाअघि हावर्ड विश्वविद्यालयमा अध्ययनलाई गएकी श्रृंखला यसैसाता काठमाडौं आइपुगेकी हुन् । काठमाडौं आइपुगेको खबर उनले गोप्य राख्ने प्रयास गरिन् ।

बिहीबार हजुरबुबाको पुस्तक बिमोचन कार्यक्रममा भेटिएपछि मात्र उनी नेपाल आइपुगेको खबर बाहिरिएको हो । अघिल्लो पटकका विदेश भ्रमणमा उनले यसबारे सामाजिक संजालमा जानकारी दिने गर्थिन् । तर यसपटक भने गोप्य रूपमा अाइन् ।

श्रृंखला अमेरिका गएपछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङसँग गाँसिएको हल्ला तर उनीहरुको उक्त डिनर डेटले हल्लालाई खण्डन

मिडिया हाइपबिनै काठमाडौं आइपुगेकी श्रृंखला अहिले साथीभाइ र पारिवारिक भेटमा व्यस्त छिन् । बिहीबार भने प्रेमी सिसन बानियाँसग रमाउँदै गरेको इन्स्टाग्राम स्टोरी पोस्ट गरेकी छिन् ।

डिनर डेटमा श्रृंखला प्रेमीसँग हर्षित भावमा देखिएकी छिन् । श्रृंखला अमेरिका गएपछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङसँग गाँसिएको हल्ला थियो । तर, बिहीवारको उनीहरुको उक्त डिनर डेटले उक्त हल्लालाई खण्डन गरेको अपेक्षा गरिएको छ ।

श्रृंखला र सिसन केहीवर्षदेखि सम्बन्धमा छन् । सार्वजनिकरुपमा प्रेमलाई नस्वीकारेपनि मायालाई उनीहरुले लुकाउन सकेका छैनन् ।

About admin

Check Also

जिम गराएर Tiktok मा भाईरल पुर्वकी ममता प्रसाई मिडियामा । महिनाको लाखौं कमाइ, ३० Kg सम्म घटाइदिईन (भिडियो हेर्नुस)

नेपालमै बसेर गरे के हुन्न र भन्ने उदाहरण हुन्, इटहरीकी चेली ममता प्रसाई । केहि …

Leave a Reply

Your email address will not be published.