वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ ।माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।
नेपालको इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।
सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ।
खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ ।
ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ।