Saturday , May 28 2022
Breaking News
Home / मनोरंजन / आमिर खानले फातिमा सना शेखसँग गरे तेस्रो विवाह ? भाइरल हुँदै तस्बिर ,यस्तो छ तथ्य !

आमिर खानले फातिमा सना शेखसँग गरे तेस्रो विवाह ? भाइरल हुँदै तस्बिर ,यस्तो छ तथ्य !

एजेन्सी : अहिलेको समयमा बलिउड अभिनेता अमिर खानको चर्चा निकै हुन् थालेको छ । पछिल्लो समयमा अभिनेता आमिर फातिमा सना शेखको सम्बन्ध लाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमको टिक्का टिप्पणी हुन् थालेको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा चर्चामा रहेका बलिउड जोडी आमिर खान र फातिमा साना शेखको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

तस्बिरमा बलिउड अभिनेता तथा अभिनेत्री दुलाहा दुलहीको भेषमा देखिएका छन् । उक्ता तस्बिरलाइ लिएर अहिले अभिनेताको फ्यान्लाई लाग्न लागेको छ, की अभिनेताले तेस्रो विवाह गरेका हुन् ?

किरण रावसँग डिभोर्स भएपछि आमिर खानले फातिमा सना शेखसँग तेस्रो विवाह गर्दै छन् भन्ने खबर अहिले भारतीय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आमिर खानले आफ्नो आगामी बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्ढा’ को रिलिजपछि आफ्नो विवाहको घोषणा गर्ने दाबी पनि गरिएको छ तर यसै बीच धेरै फेसबुक पोस्टमा आमिर र फातिमाको विवाहको तस्बिर पोस्ट भइरहेका छन् ।

यी तस्बिर वास्तविक नभई आमिर र उनको दोस्रो श्रीमती किरण रावको हो र केही तस्बिर सम्पदाकले आमिर र किरणको तस्बिरमा फातिमाको अनुहार इडिट गरेर मिलाएको देख्न सकिन्छ ।

यो तस्बिर आकाश अम्बानीको इन्गेजमेन्टको हो । त्यति बेला आमिर खानले किरण रावसँग सम्बन्ध विच्छेद गरेका थिएनन् र दुवै सँगै इन्गेजमेन्टमा पुगेका थिए ।

About admin

Check Also

यसै त गर्मी, त्यसमाथि नम्रता मल्लको फोटोसुट !

काठमाडौं । खेसरीलाल यादवकी नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘दो …

Leave a Reply

Your email address will not be published.