चिनियाँ प्रान्तले सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ ।
चीनको उत्तरपुर्वी प्रान्त जिलिन सरकारले बिहे गर्ने र बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम बेबी लोन उपलब्ध गराउने भएको हो
चीनमा जनसंख्या बृद्धि भएपछि सरकारले जनसंख्या घटाउन विभिन्न रणनीति बनाएको थियो ।
जनसंख्या घटाउने रणनीतिपश्चात चीनको जनसंख्या ह्वात्तै घटेपछि जिलिन प्रान्त सरकारले सो रणनीति अघि सार्ने बताइएको छ ।
सो रणनीतिअनुसार सन्तान जन्माउने दम्पतीलाई ३१ ह्जार चार सय बेबी लोन दिने र सन्तानको संख्याअनुसार ब्याजदरमा समेत हेरफेर गरिने बताइएको छ।
यद्यपि, सो रणनीति कहिलेदेखि लागु हुने भन्नेबारे भने जानकारी नदिइएको बताइएको छ ।