Wednesday , June 29 2022
Breaking News
Home / समाचार / घरमै भत्ता दिइने गर्यो सरकारले निर्णय, वृद्धवृद्धाहरूमा खुसीयाली..

घरमै भत्ता दिइने गर्यो सरकारले निर्णय, वृद्धवृद्धाहरूमा खुसीयाली..

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्ष भन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता दिने निर्णय गरिएको बताएकी छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा मन्त्री रेग्मीले छिट्टै यो व्यवस्था लागु गर्न सरकारले कर्मचारीलाई निर्देशन दिने बताएकी छन् ।

यो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक भत्ता लिन स्थानीय तहको कार्यालयमै पुग्नु पर्दैन । अहिले भत्ता स्थानीय तहले वडा कार्यालयबाट बाँड्दै आएका छन्।

उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने बताइन्।

रेग्मीले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सिडमा मात्रै निर्भर नेपाल विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको बताइन्।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई हालसम्म १८९ देशले अनुमोदन गरेका मन्त्री रेग्मीले समितिमा बताइन्छ

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.