Monday , June 27 2022
Breaking News
Home / समाचार / काठमाडौंको गुर्जुधाराबाट ९ जना र अनामनगरबाट १ जना अचम्मका ब्यक्ती प’क्राउ

काठमाडौंको गुर्जुधाराबाट ९ जना र अनामनगरबाट १ जना अचम्मका ब्यक्ती प’क्राउ

काठमाडौंको यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट शं’कास्पद ९ विचौलियालाई प्रह6रीले प’क्राउ गरेको छ। सोमबार बिहान ११ बजे चन्द्रागिरि नगरपालिका-५ स्थित कार्यालयबाट ९ जनालाई प’क्राउ गरेको महानगरीय प्रह’री परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

लाइसेन्स, ब्लुबुक लगायत कागजातहरूको राजस्व तिर्न गएका सर्वसाधारणलाई लाग्ने दस्तुरभन्दा बढी लिएर छिटो काम गरिदिने भन्दै आश्वासन दिने गरेको आ’रोप छ।

त्यसरी आश्वासन दिएर जबरजस्ती तानातान गरी अनावश्यक हैरानी दिएको गुनासो आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। उनीहरूमाथि महानगरीय प्रह’री वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बताएको छ।

यस्तै, युट्युबमा अश्लिलता झल्काउने सामाग्री प्रसारण गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङ घर भई हाल काठमाडौं महानगरपालिका अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ललाई प’क्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। उनलाई प्रहरीले आइतबार प’क्राउ गरेको हो।

उनी युट्युब च्यानल साथीभाइ अनलाइन टिभीका सञ्चालक हुन्। आफ्नो च्यानलमा अश्लिल शीर्षक राखेर समाजमा अश्लिलता फेलाउने किसिमका भिडिओहरू बनाएर राखेको आ’रोपमा प्र’हरीले उनलाई प’क्राउ गरेको हो।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। अदालतबाट ५ दिन हिरासतमा राखेर अ.नुसन्धान गर्न अनुमति लिएको छ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.