Sunday , May 29 2022
Breaking News
Home / समाचार / देशभर वर्षा हुँदा पहाडी र हिमाली भेगमा हिमपात, मौसममा कहिलेदेखि सुधार आउला ?

देशभर वर्षा हुँदा पहाडी र हिमाली भेगमा हिमपात, मौसममा कहिलेदेखि सुधार आउला ?

काठमाडौँ / हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तीन दशमलव छ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ

About admin

Check Also

ऋणबाट मुक्त हुन घरको यो स्थानमा राख्नुहोस मयुरको प्वाँख

भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको …

Leave a Reply

Your email address will not be published.