Monday , June 27 2022
Breaking News
Home / समाचार / स्कूल, कलेज, सिनेमा घर बन्द बन्द गर्न सरकारको निर्देशन, अत्यावश्यक बाहेक काममा हिँड्डुल गर्न रोक

स्कूल, कलेज, सिनेमा घर बन्द बन्द गर्न सरकारको निर्देशन, अत्यावश्यक बाहेक काममा हिँड्डुल गर्न रोक

कोरोना भाइरसको प्रकोपका कारण स्कूल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गर्न सरकारले निर्देशन जारी गरेको छ । दिल्ली विपद व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गरेर भारतको नयाँ दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको हो ।

त्यस्तै, रात्रिकालिन कर्फ्यु समय पनि एक घण्टा बढाइएको छ । अब राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका काममा हिँड्डुलमा रोक लगाइएको छ । लगातार तेस्रो दिन संक्रमणदर शून्य दशमलव ५ प्रतिशत भन्दा बढी रहेपछि दिल्ली सरकारले ‘यलो अलर्ट’ अन्तर्गत केही प्रतिबन्धहरु थप गरिएको हो ।

नयाँ गाइडलाईन अनुसार मेट्रो, बस, रेष्टुराँ ५० प्रतिशत सिट क्षमतामा मात्रै चलाइनेछ । एक महिना अगाडि मात्रै मेट्रोलाई शत प्रतिशत क्षमतामा सञ्चालनमा ल्याएको थियो । मल्टिप्लेक्स, बैंक्वेट हल, अडिटोरियम तथा स्पोर्ट कम्पलेक्स बन्द रहनेछन् । अत्यावश्यक बाहेकका पसलहरु जोर बिजोर दिनका आधारमा सञ्चालन गरिने छ ।

पसलहरुलाई बिहान १० बजेदखि बेलुका ८ बजेसम्म मात्रै खोल्ने अनुमति दिइएको छ । त्यस्तै, विवाह र अन्त्येष्टिमा २० जनाको सहभागिता मात्रै राख्न भनिएको छ । त्यसबाहेक सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक र चाडपर्वको आयोजनाको नाममा गरिने जमघटमा प्रतिबन्ध लगाइएको छ ।

निजी क्षेत्रका कार्यालयहरुमा ५० प्रतिशत कर्मचारी राखेर मात्रै काम गराउन निर्देश गरिएको छ । त्यस्तै, धार्मिक स्थलमा बाहिरी व्यक्तिको आवतजावतमा रोक लगाइएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार दिल्लीबासीलाई गरेको सम्बोधनमा कोरोना संक्रमणको गति बढ्दै गएपनि त्यसलाई लिएर नआत्तिन आग्रह गरेका छन् । उनले यसपटक कोरोना संक्रमणबाट मानिसहरुमा गम्भीर समस्या नदेखिएको साथै सरकारले पनि आफ्नो तयारी पूरा राखेकाले सर्तक रहन तर नआत्तिन भनेका छन् ।

दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या १ सय ६५ पुगेको छ । भारतभरी २१ राज्यमा ओमिक्रोन संक्रमितको संख्या ६ सय ५३ छ । दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ सय ९६ भेटिएका छन् ।

एकदिन अगाडि सो संख्या ३ सय ३१ थियो । संक्रमण दर ०।८९ देखिएको छ । सक्रिय बिरामीको संख्या १ हजार ६ सय १२ पुगेको छ ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.