एजेन्सी । भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ । दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा देखिएको छ ।
नयाँ भेरियन्टबाट संक्रमितमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन् । पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ । भारतमा पछिल्लो २४ घन्टामा नौ हजार १९५ जनाम कोभिड देखिएको छ ।
यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो । सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा अहिलेसम्म एक अर्ब ४३ करोड डोज कोभिड खोप खपत भएको छ ।
यो पनि पढ्नुहोस
पुरुषको कानैबाट थाहा पाउनुहोस् कस्ता व्यक्ति धनि र कस्ता कंगाल, तपाईको कस्तो ?
काठमाडौँ । आजसम्म त कानको काम सुन्ने मात्र हो भन्ने सोच्नुभएको छ होला। तर समुन्द्रसास्त्रको मान्यता अनुसार कानका आधारमा मानिसको भाग्य निर्धारीत हुने बताइएको छ।
यसैगरी कानकै आधारमा मानिसको ब्यक्तित्व पनि निर्धारण हुने बताइएको छ। यसैकारण तपाईपनि आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ।
समुन्द्रशास्त्रको मान्यताअनुसार यदि तपाईको कान छोटो छ भने निकै बुद्धीमानि हुने कुरा उल्लेख गरिएको छ। जुन मानिसहरु जन्मंदा नै कान लामो भएर जन्मेको छ त्यस्तो मानिसको आयु लामो हुने समुन्द्रशास्त्रमा उल्लेख गरेको पाईन्छ।
यसरी लामो कान हुने मानिसहरु जिवनमा निकै संघर्ष गर्नुपर्ने र कान चेप्टा भएका मानिस निकै भोगबिलास गर्ने प्रकृतीका हुने कुरा उल्लेख गरिएको छ।
यसैगरी कानमा लामा रौँ मानिसहरु पनि हेर्दा सजिलै अरुको मनमा बस्न नसकेपनी उनिहरु दिर्घआयु हुने कुरा को दाबि समुन्द्रशास्त्र ले गरेको छ।
यसरी कानमा रौँ आउने मानिस आफ्नै कर्मको आधारमा धनसम्पती आर्जन गर्ने पनि समुन्द्रशास्त्रले उल्लेख गरेको छ। त्यसैगरी निकै सानो कान हुने मानिसहरु मितव्ययि हुने र धन बचाउने तथा थोरै छुच्चा स्वभावका हुने कुरा शास्त्रमा उल्लेख गरेको छ।
तर कालो कान भएका मानिसहरु तथा सुख्खा देखिने कान भएका मानिसहरु लाई शास्त्रले निकै नराम्रो संकेत गरेको छ। यस्ता प्रकारका मानिसहरुले आफ्नो जिवनकालमा अधिकांश समय आर्थिक अभावको सामना गर्नुपर्ने तथा केही दुख कष्ट भोग्नुपर्ने कुरा उल्लेख गरेको छ।